राजस्व अनुसन्धान इटहरीमा बिचौलियाको बिगबिगी

 

इटहरी – इटहरीकोको राजस्व अनुसन्धान कार्यलयले ब्याबसायिहरु र ब्यापारिहरुबाट अतिरिक्त रकम लिने गरेको बुझिएको छ । यस बिषयमा उक्त कार्यलयका अनुसन्धान अधिकृतलाइ बुझ्दा हाम्रो कार्यलयमा बिचौलियाको बिगबिगी बहुत छ । हामिसंग व्यापारी प्रत्यक्ष रुपमा आउदैनन बिचौलिया मार्फत आएको हुनसक्छ । हामी को बिचौलिया को ब्याबसायी र व्यापारी चिन्दैनौ । बिचौलिया चिदैनौ भन्नू सरासर गलत हो किनकी व्यापारी ब्याबसायीहरुबाट ठूलो रकम लिएर कर्मचारिसंग बार्गेनिङ गरि बिचको कमिशन खाने बिचौलिया हुन । कार्यलयले बिचौलिया खडा गर्नुको अर्थ सिधै लेनदेन गर्नेसंग सम्पर्क नहोस भनेर हो । केही सप्लायर्सका भनाइ अनुसार राजस्व अनुसन्धानले बिना कारण झमेला झिकी गरिखान अफ्ट्यारो पार्ने गर्छन । ठुला ठुला ब्यापारिको सम्बन्ध सिधै बिभागसंग हुन्छ । इटहरी राजस्व अनुसंधानले साना पोके ब्यापारिलाइ समातेर कर लिएर छोड्नुको साटो भएको सामानको मुल्यको हाराहारीमा जरिवाना गर्दा सामानै छोडेर जानुपर्ने अबस्था हुदो रहेछ । एकजना खाली बोतल सप्लायर्सको खाली बोतलले भरिएको ट्रक समातेर जति कर लाग्नुपर्ने हो त्यसको ५ गुना अतिरिक्त रकम लिएपछि मात्र राजस्व अनुसन्धानले छोड्यो भनी गुनासो हामिलाइ पोखे । थोरै रकमको रसिद दिएर अरु रकम खाएपछी कसरी प्रमाण रहन्छ त ? यो बिषयमा राजस्व अनुसन्धान इटहरीका प्रमुखलाइ सोध्दा त्यस्तो हो भने त्यो मानिस ल्याउनुस हामी कार्बाही गर्छौ भनी हल्का जबाफ दिए । अब प्रमाण छोडेर घुस खालान त ? सुचक या देख्ने सुन्नेले दिएका प्रमाण गायब गरेर कार्बाही नगर्ने र सुचकले खोइ कार्बाहि गरेको भनेर सोध्दा प्रमाण नै छैन भनेर दिएको प्रमाण लुकाएका बिषय पनि छ्न । अनुसन्धानका कर्मचारीलाई दशै तिहारमा दशै उपहार भनी कार्टुनका कार्टुन सामान र रकम दिने पनि गछ्र्न । ठुला ब्यापारिलाइ र ब्यबसायिलाइ छुनै नसक्ने साना पोके ब्यापारिलाइ मात्रै निसाना लगाइ लछारपछार पारी पक्रेर जरिबाना तिराउने राजस्व अनुसन्धानको प्रबृती देखियो । बरामद गरेका सामान लिलाम लिलाम भनि कौडिको भाउमा बिचौलिया खडा गरेर कमिसन खाने गरेको देखियो । यस्ता गलत कार्यको राजस्व अनुसन्धान इटहरीमा कुरा राख्दा हामिलाइ बिभागको निर्देशन बमोजिम गर्नेको भन्ने गछ्र्न । त्यसैले बिभागमै गएर माहा निर्देशक चन्डिराज घिमिरेलाइ प्रश्न गर्दा हामिले त्यो गर्ने छुट दिएका छैनौ गलत गर्नेलाइ सरुवा पनि गरेका छौ केही गलत देखे प्रमाण सहित ल्याउनुस हामी कार्बाही गर्छौ भने नाटकिय ढंगले बोले । ठुला ब्यापारिले गरेको कर छली सिधै बिभागले हेर्ने हुदा बिभागले ठुला ब्यापारिसंग मोटो रकम लिएर त्यो भन्दा धेरै गुणा कर छुट दिने गर्दछ्न । इटहरीको राजस्व अनुसन्धान लगाएत सबौ क्षेत्रीय कार्यलयमा ब्यापारिसंग मोटो रकम अशुलेर त्यो भन्दा ५ गुणा कर छुट दिने गछ्र्न । साना ब्यापारिहरुलाइ चाहिँ दुख दिएर हैरान बनाउछ्न । ठुला उद्योगिहरुले महिनावारी रकम राजस्व अनुसन्धानमा बुझाउछ्न र त्यो भन्दा धेरै माल लुकाएर लैजादा आँखा चिम्ले जस्तो गछ्र्न । अहिले अन्तशुल्क लाग्ने मदिरा बियर र सुर्तिजन्य सामानमा अन्तशुल्कको स्टिकर टासेको हुन्छ । अनुसन्धानकै मिलेमतोमा नक्कली अन्तशुल्क स्टिकर टासेर सामान निकासा गछ्र्न । बिभागमा आफ्नो भाग पुर्याएपछि क्षेत्रीय कार्यलयका हामिक यति ढुक्क हुन्छ्न कि बिभागका हाकिमले हामिलाइ केही गर्दैनन । इटहरीको कार्यलय अगाडि पोके ब्यापारिहरुलाइ पक्रेर ल्याइ डब्बल जरिबाना तिराउने नाममा केही रकम रसिद काटी धेरै रकम लिएर सामान दिन्छ्न । डब्बल रकम तिर्न नसक्ने र बेबारिसे सामान बरामद गरेपछी कौडिको भाउमा लिलाम गछ्र्न । राजस्व अनुसन्धान इटहरीले केही बर्ष अघि एक ब्यापारिको दोकानमा छापा मारि केही कागजी प्रकृया मिलेन भनी अत्तो थापेर मुद्दा रफादफा गर्न थप १५ लाख माग गरेपछी ५ लाख दिदा पनि नमानेपछी अदालत जानुस भनेर अदालतमा अहिले पनि मुद्दा खेपिरहेका छन । अनुसन्धानका कर्मचारिलाइ जब पैसा चाहिन्छ तब पैसा नदिन खोज्ने इमानदार ब्यापारिको उद्योगिकोमा छापा मार्न पठायो पैसा लियो अनि छोड्ने गछ्र्न यो पिडित ब्यापारिको भनाइ हो । यो क्रियाकलाप मन्त्रालय देखि बिभाग अनि क्षेत्रीय कार्यलयका सबै कर्मचारीको मिलेमतो हुन्छ । हामी पत्रकारहरुले प्रश्न गरे हामिले राम्रो गरेका छौ भनी मुखले ठिक्क पार्ने गछ्र्न । प्रमाण लेउ भन्छ्न प्रमाण दिए गायब गछ्र्न र प्रमाण दिएकै छैन भनी जबर्जस्ती गछ्र्न । एउटा सादा बिल ८/९ लाख देखि १/२,४ /५ लाखका सादा बिल देखाउदा र फोटोकपी बिभाग र क्षेत्रीय कार्यलयमा दिदा पनि केही खोजिनिती गर्दैनन । भ्रष्ट कर्मचारिहरुले गाँजेको राजस्व अनुसन्धानले ब्याक्तिगत रकम मात्र कुम्याउने गछ्र्न ।