skip this वडा नं १६ बालाजु च:मती

कार्यालय सहयोगीले चलाउँदैछन् गौर यातायात व्यवस्था कार्यालय

रौतहट,३ साउन यातायात व्यवस्था कार्यालय गौरमा ज्यालादारीमा सरसफाई कर्मीमा नियुक्ती भएका पिन्टु सिंह भन्ने रोशन सिंहले यातायात कार्यालयमा बिचौलियाको काम गर्दै कमाईखाने भाँडो बताउँदै आइरहेका छन् । उनै रोशनले पछिल्लो समय यातायात व्यस्था कार्यालय गौरका प्रमुख जितेन्द्रकुमार गुप्ताको मुख्य हर्ताकर्ताको रुपमा गैरकानुनी ढंगले अवैध सवारी चालक अनुमतिपत्र बनाएर रकम असुलीको काम गर्दै आइरहेको आरोप लगाएको छ ।

कार्यालयको प्रमुखको अघोषित मुख्य हर्ताकर्ताको रुपमा सिंह रहेका छन् । चोरीका भारतीय सवारीसाधनलाई अवैध रुपमा नेपालीकरण गरेर दर्ता गर्ने सम्मको काम गर्दै आइरहेको यातायात कार्यालयका एक कर्मचारीले बताए । यातायात व्यवस्था कार्यालय गौरमा गैरकानुनी ढंगले खुलेआम लाइसेन्स बिक्री वितरण हुँदै आइरहेको छ । लिखित तथा ट्रायल परीक्षामा समेत सामेल नभएकाहरुको सेटिङको आधारमा खुलेआम लाइसेन्स बिक्री वितरण गर्ने धन्दा चलाउँदै आइरहेको स्रोतले जानकारी दिएको छ ।

कार्यालय सहयोगी सिंहको सेटिङमा लाइसेन्स बनाउन खोज्नेसँग दुई पाङ्ग्रे सवारीसाधनको लागि १० हजार र चार पाङग्रे सवारीसाधनको लाइसेन्सको लागि १५ देखि २५ हजार खुलेआम बार्गेनिङ गर्दै आइरहेको स्रोतले जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट गौरसँग स्मार्ट लाइसेन्स जाँच गर्ने मेसिन नहुँदा पनि पटक–पटक जरिवानामा परेका चालकहरुले पनि उन्मुक्ति पाउँदै आइरहेका छन् ।

केही समय यता सेटिङ्गपछि नयाँ तथा थप लाईसेन्स बन्न सुरु भएको एक स्थानीयले सेवाग्राहीले जानकारी दिए । स्रोतका अनुसार यातायात कार्यालय गौरमा सेटिङ्गमा लाईसेन्स लिनकाका लागि लिखित परीक्षा दिदा २ देखि ५ वटा प्रश्न चिन्हमा टिक लगाउने र ट्रायलमा पास हुन नसक्नेले प्रवेश पत्र बुझाई मात्र हाजिरी बनाउन लगाउने सोही कार्यालयका एक कर्मचारीले बताए ।

उनका अनुसार रकम बुझाएपछि मात्रै अवैध रुपमा लिखित परीक्षामा सामेल नभएपनि पास हुने र ट्रायल नदिई पनि रकमकै आधारमा सवारीचालकको अनुमतिपत्र हात लाग्ने खालको गैरकानुनी काम हुदैँ आइरहेको छ ।

यातायात व्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्रकुमार गुप्ताले केही समय अघि नक्सालस्थित अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा बयानको लागि पुगेको स्वीकारे । सोही कार्यालयमा सरसफाइकर्मी मञ्जु देवी रहेकी छन । कार्यालय सहयोगी बिरेन्द्र यादवको छोरा रोहन यादवले गैरकानुनी रुपले स्मार्टकार्ड बितरण गरिरहेको स्रोतले बताए ।