सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट राजीनामा दिएका छन् ।

संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा त्रुटि गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो । त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब बढेपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।