रवि लामिछानेलाई आज काठमाडौँ ल्यायीदै, नख्खु कारागारमा राखिने

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्यायीदै छ । रुपन्देही कारागारबाट सरुवा गरेर उनलाई आज काठमाडौँ ल्याउन लागिएको हो ।

लामिछाने बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । तर अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।

लामिछानेलाई बुद्ध एयरको जहाजबाट आज काठमाडौ ल्याउने प्रहरीले श्रोतले जनाएको छ। प्रहरीले कारागारबाट विमानस्थलसम्म जानका लागि समेत सुरक्षाको तयारी मिलाइएको जानकारी दिएको छ ।