skip this काठमाण्डौं महानगरपालिका ११

बिदेशीको योजनामा बनेको शिक्षा नीतिले नेपाली संस्कृती बुझ्दैन । प्रकाश रिमाल , नेता राप्रपा

 

काठमाडौ । नेपाल राष्ट्रिय अभिभावक संघ नागार्जुन नगरपालिकाको अधिवेशन हालै सम्पन्न भएको छ । पुर्वमन्त्री राधाकृष्ण मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा बिशिष्ठ अतिथिहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सो क्रममा शुभकामना मन्तव्य राख्दै राप्रपाका सहमहामन्त्री प्रकाश रिमालले नेपालको अहिलेको शिक्षानीति र पाठ्यक्रम बिदेशिले नेपालीको सस्कृती,परम्परा कमजोर बनाउने योजनाका साथ तयार पारेको बताउनु भयोे । उहाँले अहिलेको शिक्षाले नेपाली समाज बुझ्न नसक्ने दावी गर्दै पूर्वीय दर्शन ,पूर्वीय सस्कृती बुझाउने शिक्षा नेपालमा लागु हुनु पर्नेमा जोड दिनु भयो । अहिलेको पाठ्यक्रम र शिक्षाले नयाँ पुस्तालाई नेपाली परंम्परा ,चाडपर्व ,सस्कृतिको ज्ञान नदिने पनि उहाँले बताउनु भयो । बिदेशी ऋण र अनुदान बाट चलेको अहिलेको शिक्षाले नेपाली सस्कृत ,नैतिक शिक्षा नपढाउने बरु नेपाली सस्कृत बिनास गर्ने बिचार राख्नु भयो । नेपाली सस्कृत र नैतिक शिक्षा अनिबार्य पढाउनु पर्नेमा नेता रिजालले जोड दिनु भयो । नेपाली समाज बुझ्ने शिक्षा र पाठ्यक्रमको लागि नेपाली समाज , नेपाली माटो सुहाउँदो राजनितिक नीति र नेतृत्व आवश्यक हुने भएकोले यसको लागि नेपाल राष्ट्रिय अभिभावक संघले बहस ,छलफल चलाउनु पर्नेमा उहाँले सुझाब दिनु भयो ।