प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच केसीले शपथ लिएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराए ।