नेपाल रेडक्रस सोसाइटी उपसाखा इटहरीको नवनिर्मित भवन सभापति दिनेश भट्टराईको सक्रिय पहलमा निमार्ण सम्पन्न भएको छ । सामाजिक सेवामा समर्पित भएर स्थापना काल देखि अहिलेसम्म विभिन्न बाधा अबरोध तथा परिस्थिती पार गरेर नयाँ स्वरुप पाएको हो । नेपाल रेडक्रस सोसाइटी उपसाखा इटहरीले धेरै सामाजिक काम गरेको छ । बाढी पहिरोमा परेर अलपत्र परेकालाई राहत प्रदान गर्ने, आगलागीमा परेर जनधनको क्षती भएकालाई राहत प्रदान गर्ने रगतको अभाब भएको बेला जनस्तरबाट रगत संकलन गरी रगत जम्मा गर्ने ठाउमा पुर्याउने काम गर्दछ ।
इटहरीको हकमा सुरुमा २०४७ सालमा सहयोग समिती नाम राखी २०५० सालमा नेपाल रेडक्रस सोसाइटी उपसाखा इटहरीको नाममा परिवर्तन भयो । तत्कालीन इटहरी गाबिसको एउटा कोठामा ४७ साल देखि ५३ सम्म काम गर्न सुरु गरी २०५३ सालमा इटहरी चोककै ट्याङ्गा खोलाको रेडक्रस मार्गको आफ्नो सानो भवनमा कार्यलय खोली काम सुचारु भएको थियो । उक्त उपसाखा भवन भएको जग्गा स्वार्गिय रामनाथ शर्मा पौडेल र उहाँकी धर्म पत्नीबाट १० धुर जगा रेडक्रसको नाममा दान दिएको र पछि सस्थाले ४ धुर जग्गा अनि थप छेउछाउका जग्गा पनि खरिद गरि जम्मा १८ धुरमा क्रमैसंग भवनहरु निर्माण गरेका हुन ।
सहयोग समितिको गठन हुँदा सस्थापक संयोजक राजेश श्रेष्ठले संस्था हाक्नुभएको थियो । अहिलेसम्म संस्था हाक्ने सभापतिहरुमा सस्थापक संयोजक राजेश श्रेष्ठ , स्वर्गीय नारायण बाहादुर श्रेष्ठ १ कार्यकाल , स्वर्गिय कृष्ण प्रसाद पौडेल १ कार्यकाल , रामचन्द्र अधिकारी २ कार्यकाल ,स्वर्गीय तिर्थ प्रसाद गौतम ,बिमल पौडेल २ कार्यकाल र हाल दिनेश भट्टराई रहनुभएको छ ।
रामचन्द्र अधिकारी दम्पतिबाट भवनको माथिल्लो तला ३ लाख, २६ हजार ६सय १० रुपियाँ रकम खर्च गरेर निर्माण गरेका थिए । त्यो बापत ३ जना रामचन्द्र अधिकारी , सीता अधिकारी र छोरा निर्माण अधिकारिलाई सदस्य बनाएका थियो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलयको जग्गा इटहरी ४ रेडक्रस चौक भन्ने ठाउँ देखि पुर्ब प्रसस्त थियो । त्यो जग्गाबाट इटहरी उपसाखाले धेरै लुछाचुडी पछि उपसाखालाई ३ कठ्ठा जग्गा मात्र केन्द्रीय कार्यलयले मिति २०७१ साल चैत्रमा भोगाधिकार गर्न मात्र दियो ।
वर्तमान सभापति दिनेश अधिकारिको विशेष पहलमा अहिलेको भवन बनाउने हिम्मत र आँट जुटाइ आफैले ३ लाख दिएर र इटहरी उपमहानगरबाट १५ लाख सहयोग र संघिय सरकारबाट ५ लाखको रकम जम्मा भएपछी अरु थप आँट बटुलेर सभापती दिनेश भट्टराईले भवन निर्माण २०८० पौष २७ बाट शिलान्यास गरि २०८१ माघ देखि भवन सञ्चालनमा आयो । सुरु गरे पछि विभिन्न व्यक्ति सस्थाबाट सहयोग मागी प्रसस्त रकम जुटाउने र भवन निर्माण गर्ने श्रेय बर्तमान सभापति दिनेश भट्टराईलाई जान्छ । करोड भन्दा बढी खर्च लाग्ने योजना सिमित पैसा जम्मा भएकै आधारमा भवन निर्माण गर्न सकिन्छ भनेर आट हिम्मत हुने व्यक्ति नै असल नेतृत्व हो ।
भवन निर्माण गर्न कसैले नगद कसैले जिन्सी कसैले श्रम दान पनि गरेका थिए । कसैले इटा,कसैले सिमेन्ट कसैले रड कसैले गिटि बालुवा कसैले फर्निचरको पनि सहयोग गरेका छ्न । ५ कोठे भवन निर्माण गरि सक्दा, कम्पाउन्ड बाल माथिको ढलाइ अनि एम्बुलेन्स पार्किङ र सहयोगी क्वाटर समेत निर्माण गर्दा जम्मा १ करोड १० लाख खर्च भएको सस्थाले बताएको छ । यसस्कर सदस्य १ लाखको , बिशिस्ट सदस्य २५ हजार आजिबन सदस्री १ हजार राखिएको छ । जम्मा यसस्कर सदस्य ११४ जना अहिलेसम्म भएका मध्धे ९४ जनाले भवन निर्माण गर्न यसस्कर सदस्य भएका थिए । बिशिस्ट सदस्य ५९ जना थप भएर भवन निर्माण गर्न सहयोग गरे भने १०० जना बिशिस्ट सदस्य छ्न भने अहिलेसम्म सस्थाको आजिबन सदस्य १९२३ छन ।
अहिले सस्थाको सम्पती इटहरी चौकमा रहेको १८ धुर जग्गा रहेको भवन, अहिले नयाँ भवन र ३ कट्ठा जग्गा अनि एम्बुलेन्स ३ थान मध्धे १ थान नगरपालिकाबाट सहयोग, २ थान सस्था आफैले खरिद गरेको र भन्सार छुट नपाएको एउटा सबबाहान २५ लाख लगाएर किनेको र ४ जना कर्मचारीले कार्यलय संचालन गरिरहेका छ्न ।


















