नलेखिइने कथा :एक्काइसदिने बसाइको जिवन्त र अविस्मरणीय समय

प्रारम्भ
यो एउटा इतिहास भइसकेको घटना हो। तर मानव जीवनमा यस्ता क्षण अब आउंदैन भन्न सक्ने आधार नभएकोले यसको स्मरण बारम्बार रहिरहेमा, केही न केही पूर्वतयारीका सिकाइहरू अवलम्बन गर्न सकिनेछ भन्ने अभिप्रायले यो लेखोटको जन्म भएको हो। तसर्थ, शीर्षकमा ‘नलेखिइने कथा’ले स्थान पायो ।

सचेतनाको भरमग्दूर पालना गर्दागर्दै पनि यस हरित थुम्को कोरोना कहरबाट अछुतहुन सकेन। २०७७ देखिनै यसले धेरथोर यस थुम्कोका केही न केही परिवारलाई कहर काट्न बाध्य पारेकै हो। कोरोना रोग गज्जबको रहेछ। न त यसको छेउटुप्पो न त भेउनै पाइन सकिने !
भूमण्डलमा भूकम्प, बाढी, पहिरो आदि भूजन्य विपद्बाट हुने विध्वम्सका अतिरिक्त ८० प्रकारका भाइरसरुपी रोगहरूले बेलाबखत यहॉ आश्रृत प्राणिजगतलाई गॉज्ने गरेकै छ। दादूरा, क्षयरोग, हैजा, मलेरिया, इबोला, हेपाटाइटिस, एच.आइ.भी/एड्स,… आदिले बेलाबेलामा अनगिनत मानिसहरूलाई पृथ्विबाट मुक्त गराएको तथ्याङ्कहरू छ‘दैछन् ।

कोरोना
सन् २०१९को अन्त्य देखि कोरोना अर्थात् कोभिड १९ नामको नञा भाइसर आयो। बैज्ञानिकहरूका अनुसार कोरोना भाइरस त अघि देखिनै थियो, तर यो भने नञा प्रकारको हो अरे। यो कसको कारणले निम्त्यो: मानिसको वा श्रृष्टिकर्ता अर्थात् प्रकृतिको, यसको छिनोफानो हुन बॉकी छ।

यो नञा कोरोना जटिल प्रकारको रहेछ। यो भाइरस आयो मात्र हैन यसले त विश्व जगतमा व्यापक आत‘क नै फैलायो। लाखौ‘ मानिसको इहलिला समाप्त पार्‍यो। यसको चपेटामा विश्वका अधिकॉश देशहरु परे र यसको अशर समाप्त हु‘दैगएको अवस्था छैन। भनिन्छ, शुरुमा यो रोग चीनमा सन् २०१९ को डिसेम्बरमा देखापर्‍यो र क्रमश: विश्वका अन्य देशहरुमा फैलन थाल्यो। ०७८ आषाढ मसान्तसम्ममा विश्वमा यस रोगबाट मृत्युहुनेको स‘ख्या चालिसलाख सतहत्तरहजार नाघेको रहेछ।

यो रोगको किटॉणु पनि अर्ध जीवित खालको, अदृश्य र यसको स‘सर्गको नजिक पर्ने जो कोही कमजोरलाई तत्काल सर्नसक्ने सरुवा प्रकृतिको मानियो। आफ्ना नजिककास‘ग पनि उत्तिकै डराउनु पर्ने अवस्था भयो। कस्तो विड‘बना! यो रोगको लक्षण भनेको हाच्छिउ‘ लाग्ने, ज्वरो आइरहने, जिब्रोमा स्वाद विल्कुल नहुने, जिउ गल्ने, खान मन नलाग्ने, निमोनिया भई फोक्सोमा अशर पर्ने, स्वासप्रश्वासमा कठिनाई आई मृगौलाले काम नगर्ने अवस्था सृजना भएर मानिसको मृत्यु सम्म हुने रहेछ। अत: सामान्यतया विभिन्न रोगले ग्रस्त, कमजोर अवस्थामा रहेका र उमेर ढल्केका जेष्ठनागरिक, दीर्घरोगी, सुत्केरी,… आदि व्यक्तिहरू यो रोगको पहिलो चपेटामा पर्ने रहेछन् भन्ने मान्यता अनुरुप एकवर्षसम्म बलिया बाङ्गा साधारणतया अलिक सुरक्षित हुन्छन् भन्ने ठानियो। तर यो सतप्रतिशत सही हो भन्न सकिएन।

सन् २०२१ को शुरुवाती देखि यसको दोश्रो र झन जटिल स‘स्करण बेलायतबाट शुरुभयो भनियो। तेस्रो लहरले स–साना नानी देखि जो कोहीलाई गॉज्न सक्छ भन्ने समाचारहरू ब्यापक भए। हुन पनि उमेरदार, सारसौ‘दो, ढुङ्गमा बजारे पनि केही नहुने ठानिएकाहरू कोरोनास‘ग लडन असमर्थ भएनन्। हालाकी यसको खोप विस्तारै उपलब्ध हुनथालेको हो तापनि, नेपाल जस्तो स्वास्थ्य सेवा प्रणालीमा कच्चा व्यवस्थापन भएको देशका नागरिकहुनुको नाताले हामी आम नागरिक कोरोना थुरथुर भएर बॉचिरहनु परेको थियो।

कोरोना चपेटामा हाम्रो घर

असार २०७८को पहिलो साता देखि हाम्रो घरका परिवारमा पनि रुघाखोकी, ज्वरोको सामान्य प्रभाव देखा पर्‍यो। जल्दोबल्दो एकजनालाई दुईतीन दिन ज्वरो आयो। गुर्जो लगायत तातोपानीको सेवनले कम भएको देखियो। सो को लगत्तै अर्का युवकलाई हाछ्छियू‘ र जिउगल्ने जस्ता अप्ठेरो भएपछि कोरोना परिक्षण गर्नु स्वभाविकै भयो र ती लक्षणले पछ्याएका दुईजनाको परिक्षण गरियो। दुबैमा कोरोना ‘पोजेटिभ’ देखियो। तब तत्काल परिवारका बॉकी ५ जनाको पनि परिक्षण गर्नुपर्ने बाध्यता सिर्जना भयो। यी ५ मध्ये गुलावी उमेर भित्रको केटालाई थप ‘पोजेटिभ’ देखियो। परिवार दुई फ्यॉकमा बांडियो। उमेरदार ३ जना कोरोना पीडित एकतिर जेष्ठनागरिक तिन र सानो बालक अर्कातिर। कस्तो विडम्बना!

व्यवस्थापन
यस जटिल परिस्थितिमा उचित व्यवस्थापन के हुने, कसरी हुने? निमेश ढिलानगरी परिवार यसबारेको छलफलमा जुट्यो। कोरोना भएकालाई एउटै तलामा सीमित गरेर बॉकीले सघाउने, कोरोना भएकालाई यथास्थानमा राखेर बॉकी मालिगॉऊ जाने, वा यही‘ कतै सर्नें? भन्नेमा विमर्श भयो। परिवारका सदस्यबाट कोही पनि टाढा नहुने, सडकमा निस्केर हेर्ने, देख्ने, सघाउने, कुरागर्न पाइने सौभाग्यलाई टाढानपार्नु राम्रो ठानिएर कान्छोले दाजु र आमाबाबु छोड्न गाहे मानेकोले ४ एकतिर ३ अन्यत्र गर्नु उपयुक्त देखियो। घर नम्बर १६ बाट जेष्ठनागरिक एकजोडी सडकपारको २३ नम्बरमा रहने, झण्डै नौ दशककी आमालाई छोरीको घर बढी सजिलो लाग्ने ठानिएर ९१ नम्बरको घरमा भित्र्याउने गरेर एक परिवारलाई तिनफ्‘याक लगाइयो।

शुरुमा हप्ता दश दिनको कुरा त होलानी भन्ने सोचिएको थियो। यद्यपी, यसले तीनसाताको समय लियो। अझ विचको परिक्षणमा कान्छो सदस्य र उनकी मातामा कोराना नदेखिएपछि र टंगाल भाटभटेनी स्थित प्रभु बै‘कको काममा जानैपर्ने स्थितिसमेत्ले गर्दा ती दुईजना भने मालिगॉऊ बासमा सर्दा परिवार चारफ्‘याके भयो। निर्णय कठिन गर्नुपर्ने थियो तापनि व्यवस्थापन सहज, सरल र सुखद् भयो।

विशाल बाबु कहॉको बसाई
हडबडमा सात दश दिनलाई त होलानी भनेर सामान्य कपडा यसो झोलामा कोचेर श्रीमती र मेरो जोडी दौड‘दै विशालबाबुकहॉ भित्रियौ‘। पहिले गएको, बसेको, खाएको घर भएतापनि यस पटक भने नितान्त नौलो अनुभूति रह्यो। दुईठुला झ्यालले उज्यालिएको, दक्षिण खुल्ला सडक रहेको र पश्चिम लाम्चिएकोे कोठा अत्यन्त आल्हादित थियो। प्रवेशमै कहि‘कतैको एउटा तारेहोटलमा भएको तन्ना केवल रङ्गमात्रै फरक पाउ‘दा होटलको आभास तत्काल परिहाल्यो। सङ्गै ‘नेशनल’को तातोपानी तताउने भॉडो, दुईभॉडामा पानी, एउटा टोकरीमा दुइवटा लामा पानीपिउने गिलॉस र तीनका कुशन र छोप्ने आदिले झन होटलको थपस्वरुप उजागर भयो। यदि कोही पठनशील हुन्थ्यो भने सो कोठा अध्ययन अध्यापनको लागि अत्यन्त सुविधाजनक स्थान सावित हुनसक्ने थियो ।

मेरो पठनपाठनलाई के चाहिन्छ सोको व्यवस्था, मेरी आफ्नीलाई के सर सुविधा चाहिने हो सोको सोधखोजबाट शुरु भएको पहिलो दिनको दिनचर्या अन्तिम सम्म पनि सोही चक्रमा उत्तिकै रफ्तारमा घुमिरह्यो। मेरी श्रीमती र सम्धिनीज्यूको जोडी टिभीमा वा भान्सामा अत्यन्त रमाइलोस‘ग जमेको देखिन्थ्यो। म जस्तो खानसक्नेका लागि इलामे गाईको घिउ र मालदेब ऑप भातस‘ग कहिले पनि छुटेन। प्रत्येक दिन– विहान सबेरै जिरा मसलाको कॉडापानीबाट शुरुहुन्थ्यो, नौबजे भित्र रोटी विस्कुट वा नौनीदलेको पाउरोटीमा जमिन्थ्यो, करिब एघार बजे र राती आठबजेको छेउछाउमा दाल भात दुई–तीन परिकारका तरकारी अचार दूध आदिले पेटडम्म पारिन्थ्यो र अनन्त आनन्दमा सुकलामा गइन्थ्यो। खीर, पिज्जा, दोसा…जस्ता परिकारको स्वाद पनि पटक पटक जिब्राले पायो।

मानिस न हो केही नगर्ने बाहाना न खोज्छ, झन अप्ठेरो समयमा। बास्तबमा मन एकतमास भएकोले, मलाई पनि राम्रै बहाना जुटेको थियो। तर पनि के गर्ने? त्यस्तो बेलामा लेख खोज जस्ता कामगर्न भने मनले मान्दो रहेनछ। कनिकुथी जस्तै गरी, प्रा.डा.शुष्मा आचार्यको ‘कसले सुन्छ र मेरो आवाज’ पढिरहेको थिए‘, त्यो सकाए‘। सो किताव त आवाजविहीनहरूको आवाज रहेछ। समाजबाट दबाइएका, दपेटिएका, शोषित, पीढित, केवल भोग्या बनाउन खोजिएका धर्तिका आधा मानिसहरूका कारुण व्यथाहरूको चिरफार रहेछ। आफ्नै जोडिको लेखोट् ‘मागी वा प्रेम विवाह’ शुरुगरिरहेको थिए‘, जसोतसो त्यसलाई पुरा गरे‘ ।

मैले विस्तारै पढने तिर मनलाई डोर्‍याउन चाहे‘। राम्रो पढने विद्यार्थी होइन, यद्यपी, के गरेर बस्ने? भनेर मनलाई सोध्दै– त्यहॉ रहेका किताव मध्ये गोर्खाको उत्तरी भेगमा यार्सागुम्बाको व्यापार गर्ने गुण्डाराजको सन्दर्भमा नेपालीमा अनुदित स–साना दुई किताव पढे‘। तिनले थोरै पढने भोक जगाए र अन्य किताबहरूमा ऑखा लगाए‘। ‘चिनाहराएको मान्छे’मा दृष्टि पर्‍यो, थोरै उत्सुकता जाग्यो, अनि ऑखा दौडिए। मानिसले धेरै असल कामहरू गर्नसक्ने रहेछन्, सो किताबले ज्ञान दियो। एक–एक जोडि‘दा दुई होइन, आत्मबल भए एघारनै हुनसक्ने रहेछ, सिकियो। त्यसपछि नेपालका सर्बधनाड्य व्यक्ति विनोद चौधरीको आत्मकथाले मलाई पढ्दैनस् भनेर सोध्यो। सो कितावलाई टपक्क उठाएर पल्टाउन थाले‘। व्यापार र व्यवसायको हिसाबले, तन मन र धन तिनवटाकै ठिक तरिकाले स‘योजनगर्न सकेमा विश्वलाई आफूतिर तान्न सकिन्छ, सो कितावले स्पट बोलिरहेको छ।

सन्सारमा गर्ननसकिने भन्ने कुनै चिज हु‘दैन, अटल विश्वास, लगन र निरन्तर जुटीरहनु भने पर्छ। त्यो किताव मार्फत् चौधरीले मानिसहरूलाई यहि कुरा सिकाएकाछन्। यसै समयमा ‘मह’को ‘म’ नपढी पहिले हरिब‘श पढिस् हैन भनेर ‘महको म’ले धारेहात लगाएपछि म त झसङ्ग भएछु र तत्काल सो किताव उठाएर पढन थालें। माध्यमिक शिक्षा अवधिमै आठ नौवटा विद्यालय चाहार्नपुगेका मदनकृष्णको पढाई सजिलोस‘ग बढेनछ। यद्यपी, गीत गानाबजानामा भने पूर्खादेखिकै लगन रहेछ। यसैको बलबुतामा आफूलाई निखार्दै हास्यव्यङ्गमा प्रवेश गरेका मदन, नेपाली मानसपटलमा अत्यन्त मनपराइने मध्येका पहिलोमा आइपुग्नुलाई पुन: लगन, अठोट र गरिछाड्ने दृढ विश्वासनै उनको मूलमन्त्र रहेको स्पष्ट बुिझयो। ‘ल्याप टप’मा अच्युत घिमिरेको सुमधुर बाचन रहेको बुद्धिसागर चापागॉइको ‘कर्नाली ब्लूज’ले मेरो समय छोट्यायो। सशरीर कितावको पाना पल्टाउ‘दै, चिनोलगाएर उल्टाउ‘दै, पुन: पढदै गर्दाको मज्जा भने अलि आएन।

मदन पुरस्कार प्राप्त कितावहरू हुन् वा सकारात्मक सोचका अन्य कितावहरू तथा यस्तै विशेष व्यक्तिहरूका जीवनमा आधारित प्रकाशनहरू सर्वप्रथम उच्च माध्यमिक शिक्षाको बाह्रकक्षा परीक्षा दिएका विद्यार्थीहरूले पढ्नु बहुतै राम्रो हुने ठान्छु। अभिभावकहरूले यस दिशामा ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएको छु।

अप्ठेरो समयमा नै हो चाहिने शान्ति र आनन्द
एकातिर परिवारका केही सदस्यहरू अप्ठेरो समयमा थिए भने हाम्रा मनहरू अति डराएको, हडबडाएको, चिन्तित र के कसो हुनेहो को सन्धिग्नतामा थियो। अर्कोतिर त्यसैलाई खुबैध्यान दिएर भित्रैदेखि ढाडस दिलाउन पनि यत्रोविघ्न क्या मज्जा, क्या रमाइलो, क्या मस्ती,…! को हेरविचार हामीलाई भइरहेको हो कि भन्ने पनि लाग्थ्यो। लत्ताकपडा, ओछ्यान कुनसड्को चटक्क मिलिसक्थ्यो, पानीका दुईभॉडामा पानी नरित्तिइ‘दै भरिभराउ हुन्थ्ये,…कसले कुनबखत गर्‍थ्यो सोको भेऊ मैले कहिले पनि पाइन। यसरी, २३ नम्बरका घरपरिवारको त्यो नितान्त प्रेम, सदभाव, छचल्किएको माञा र नजिकता सामान्य त हु‘दैहैन भनेर अमीट प्रमाणहरू आइरहेको थियो। सॉच्चैको आनन्द, माञा, सदभाव, रेखदेख के केबल ढाडसको लागि हुनसक्छ र किमार्थ हुन सक्दैन! बिशालबाबु दम्पतीलाई सानो सुझाव छ त्यो के हो भने दिज्यू –हजुर आमा) बस्नुहुने भएमा, मैले चुपलाग्नु पर्छ। अन्यथा जो कोही ऑउदा त्यो पुत्रको कोठामा कसैलाई बस्न नदिनु है। बिचरा किताब लिन, केही छाप्न, …आउनुपर्दा निजको विनय यती शालीन हुन्यो कि सोको वर्णन गर्न म सक्दिन। यति आत्मीय भइयो कि घरछाड्ने बेलामा धन्यबाद पनि भन्न सकिएन, तर ह्ृदयले भने चारै सदस्यहरूलाई अथाह धन्यबाद, आशिर्वाद र आत्मियता दिइरहेको थियो।

यस्तै एउटा अर्को स्मरणीय स्थिति पनि सम्झन मन लाग्यो। कुनै संस्थामा काम गर्ने एक व्यक्तिको कथा हो यो। उनका अभिभावक पश्चिम नेपालमा र भाई, छोरीहरू र दम्पती गरी ५ जना कमाठमाडौंमा काम गर्ने र पढने हुंदा डेरामा रहन्थे। उनीहरू सबैलाई कोरोना लाग्यो मात्र हैन, केही दिनमै यति गलीत भएछन् कि पकाएर खान सम्म पनि नसक्ने अवस्थामा उनको कार्यालयमा खबर पुगेछ। व्यक्ति गएर डेरामा सघाउने अवस्था पक्कै थिएन। तसर्थ कार्यालयको सहनिर्देशकले शुल्क तिरेर पाईने खाद्यान्न बाहिरबाट मगाइ दिएर पांच प्राणीलाई बचाउने काम गरिएछ। अभिभावकलाई यस्तो अप्ठ्यारो सुनाउन पनि तत्काल नसकिने अवस्था थियो। किनकी हिंड्डुल निषेधको समयमा अत्याउने मात्र हुने थियो। पछी उनीहरू तङ्गेपछि अभिभावकलाई सबै कुरा बताइएछ। तब निजको बुबाले त्यस्तो जटील परिस्थिमा सहयोग गर्ने संस्था अद्वीतिय रहेछ। तलब सुविधा आदि बढी दिने संस्था त पाइएला यस्तो जीवन दिने संस्था अर्को पाईंदैन यसलाई जिन्दगीभर नछोड्नु छोरा भनेका रहेछन्!
यसैगरी हाम्रो थुम्को भित्रका ६/७ घरहरूबाट कोरोना कहरको बखत मासु तरकारीका परिकारहरू पटक पटक आएको रहेछ। उक्त परिवारहरू प्रति कसरी कृतज्ञता प्रकट गर्ने हो, म त अनभिज्ञ छु।

ज्वॉई–बहिनीको घरको पूर्बी बार्दलीमा, बिहानको कलिलो घाम र सॉझको गोधुली समयमा आमालाई सडकबाटै डण्डबत गर्ने र ऑखैऑखाले एकआपसमा सद्भाव प्रकटगर्ने सुविधा सधै‘जसो भइनै रह्यो। यता छोरा बुहारी नातीहरूस‘ग पनि त्यसै गरि बिहान बेलुका सडकबाटै देखभेट गरेर माञा साटासाट पनि गर्न पाइएकै थियो। नजिक रहुनुको सुखद् र विशिष्ठ सुविधा हामीलाई प्राप्त भइरह्यो। माथी उल्लेखित तीन परिवारका गुणको ऋण तिर्न त कहिल्यै सकि‘दैन तर त्यो गुणको मिठास हामीले जिन्दगीभर आफूमा राखेर सम्झना र पुन: सम्झनाले तिर्दै जान त सक्छौ‘ नि। त्यसो गर्न त हामीलाई कसैले रोक्न सक्छ होला र? अस्तु !