नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरू भएको छ ।
उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्ष्य गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहो¥याएका छन्।
पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गरे।
ओलीले यसो भनिरहँदा महाधिवेशन स्थलमा विद्या भण्डारीको सन्देश भन्दै हजारौं चिठी वितरण भइरहेका छन्। आठदेखि दश हजार चिठी बाँड्ने लक्ष्य रहेको चिठी बाँड्नेहरूले बताएका छन्।
सनराइज हलको मुख्य गेटमा खटिएका युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूले भण्डारीको पत्र प्रतिनिधिहरूको हातहातमा थमाइरहेका छन्।
विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति भण्डारीले १३ सयभन्दा बढी शब्दको पत्र लेखेकी छन्।



















