skip this खाद्य उद्योगीरव्यवसायीहरुमा खाद्य अनुमतिपत्र जारीरनवीकरण सम्बन्धि सूचना

गाजामाथि इजरायलीको तीव्र आक्रमण, सहरको दोस्रो अग्लो भवन ध्वस्त

इजरायली सेनाले गाजा सहरमा एउटा अग्लो भवन ध्वस्त पारेको छ । सुसी टावर नाम गरेको त्यो भवनलाई लक्षित गरिएको यो लगातार दोस्रो दिन हो ।

रक्षामन्त्री इजरायल काट्जले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भवन भत्किएको भिडियो शेयर गरेका छन् । सो भवनलाई हमासले प्रयोग गरिरहेको इजरायल रक्षा बल (आईडीएफ)को भनाइ थियो । तर हमासले भने यो दाबीलाई अस्वीकार गरेको छ ।

आक्रमणमा कोही हताहत भएका छन् कि छैनन् भन्ने कुरा स्पष्ट भएको छैन । शनिबारको आक्रमण अघि इजरायलले प्यालेस्टिनीहरूलाई दक्षिणको एउटा क्षेत्रमा सर्न अपील गर्ने पर्चाहरू खसालेको थियो । गाजाको दक्षिण क्षेत्रलाई इजरायलले मानवीय क्षेत्र भन्छ ।

सुसी टावर पछिल्ला केही दिनहरूमा ध्वस्त भएको दोस्रो सबैभन्दा अग्लो भवन हो । शुक्रबार सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरिएको थियो, जसमा सहरको अल–रिमल क्षेत्रमा रहेको मुशताहा टावर ठुलो विस्फोट पछि ढलेको देखाइएको थियो ।