चितवनको भरतपुर पनि तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले अनलाइनखबरलाई जानारी दिए ।
महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको उनले बताए । अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर बनेको उनले बताए ।

















