काठमाडौँ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा नाम लेखाउने सम्भावनाको नजिक पुगेकी छन् ।
पाँच घण्टाभन्दा लामो समयदेखि जारी जेन-जी पुस्ताको जुम बैठकले अन्तरिम सरकारको नेतृत्व सुशीलालाई दिने कुरामा सहमति जुटाएको हो ।
उक्त सहमतिपछि जेन-जी पुस्ताले गरेको टेलिफोन संवादमा सुशीलाले आफू अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको जनाउ दिएकी हुन् । सुशीला तयार भएपछि अब प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ता जेन-जीले उनकै नेतृत्वमा गर्दैछन् । अहिले वार्ता टोली सैनिक मुख्यालय पुगिसकेको छ ।
यदि प्रधानसेनापति सिग्देल पनि जेन-जीको प्रस्तावमा सहमत भएमा देशकै पहिलो प्रधानमन्त्रीका रूपमा सुशीलाले अहिलेको संकटको बेला देशको बागडोर सम्हाल्नेछिन् ।


















