यो पक्ष पितृपक्ष हो, र त घर घरमा शंख, घण्ट बा संगीत सम्बद्ध कार्यहरु भएका छैनन्, साधारण पूजामा सिमित रहने यो पक्षमा खासगरी सोह्र श्राद्ध हुने गर्छ, बा एका पार्वण बा कुनै न कुनै पितृ कार्य पक्कै गरिन्छ । यसो भनौँ यो पक्षभरि घरघरमा पितृहरु घुमिरहन्छन्, त्यसो त घरमूलीले हरेक दिन पितृ बा देवताका नाममा तर्पण गर्नु पर्ने हो, गरिएका पनि छन् तर अलि संक्षेपमा तर सोह्र श्राद्धमा अलि विशेष रुपमै पितृ उपासना गरिन्छ, नगरे दोष लाग्छ, दोषका भागी हुन्छन् सन्ततिहरु, अझ भनौँ पितृहरु निराश भई श्राप गरेर आप्mनो गन्तव्यमा लाग्छन् ।
पितृपक्ष शुरु भएको भाद्र २३ देखि नै हो, यो निरन्तर रहने समय आश्विन ५ सम्म हो । त्यसपछि शुरु हुने घटस्थापना हो, जसको पूर्व सन्ध्यामा श्राद्धादि कार्य समापन गर्न जरुरी छ, अन्यथा बडा दसैँ शुभ हुन्न । देवपूजा अघि पितृ पूजा वैदिक सनातनीहरको अभ्यास हो, सधैँ र सबैका लागि, शास्त्रीय मान्यता नै ।
थाहा छ यसपालिको दसैँ असामान्य परिवेशमा आएको छ, परिवेशहरु हिजो पनि सामान्य होइन, थिएनन्, आजको दसैँ ऐतिहासिक असामान्यतामा गुज्रँदै छ, नयाँ पुस्ता अघि बढे, बलियो सत्ता ढाले मात्रै होइन इतिहास नै गल्याृमगुलुम्मै ढलेको छ, सायद सिँहदरबार पेरि उठ्न गाह्रो छ, पहिले पनि सिँह उठेर गाउँ गएको थियो छिनाझप्टी गर्न र दरबार यतै रहेको थियो आज त दरबार हरु सबै ढलेका छन्, सायद सिँहका नँग्राहरु पनि भाँचिएका छन् अहिले, अब सिँह हत्पती उठ्न सक्दैन र सिँहले जम्मा गरेको भारी सुनका डल्लाहरु नेपाली आकाशमा घुमिरहेको छ, गजवको परिदृश्यहरु नेपाली आकाशमा घुमिरहेका छन्, राजनैतिक अभिष्ट यो आलेखको आशय होइन, सकिनसकी दसैँ तिहार मनाउँला सामान्य टिका लगाएर, पुर्खा र अग्रजबाट आशीर्वाद ठूलो कुरो हो ।
प्रसंग पितृपक्षकै छ, हिजोआज गौरीघाट, आर्यघाट, गोकर्ण बा तीर्थस्थलहरु पितृकार्यका लागि भीडले भरिभराउ छन्, पंक्तिकारले देश बन्दकै सेरोफेरोमा पंक्ति तयार गर्ने क्रममै विभिन्न खोलाखोली, घाटहरु घुम्ने क्रममा देखेको दृश्य हो । यस अर्थमा आप्mनो स्वामीत्व नभएका घरमा पितृकार्य निषेध नै भएर हो । हिजोआज धेरैको आप्mनो घर छैन तर सबै सहरबासी नै भएका छन् र तीर्थ खोज्दै बा नदी किनारामा बसी श्राद्धादि कर्म गर्ने गर्छन् र घरैमा गर्दा पनि हिजोकोभैmँ पिण्ड खुवाउने गाईहरु हाम्रा सामु छैनन् । सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी । धनपुत्राःकुतस्तस्य पितृ निश्वास पीडनात् ।। यस अर्थमा आश्विन अर्थात् कृष्ण प्रतिपदादेखि, भनौँ सूर्य कन्या राशिमा भएका बेला सन्ततिहरुले मृत पितृका नाममा श्राद्ध गर्नु अनिवार्य छ र नगरे दोष लाग्छ, पितृहरु निराश भई श्राप गरेर फर्कन्छन् । पितरः वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता भन्ने अर्थमा देवताहरु भावका भोका र पितृहरु वाक्य, व्याकरणका भोका हुन्छन् र अशुद्ध शव्दबाट पितृसम्म कुनै बस्तुको पहुँच हुन्न, विधि नपुगी गरिएको कर्मफल निस्फल ने हुन्छ । पूर्वाह्ने दैविकं श्राद्धमपराह्ने तु पार्वणम् । एकोद्दिष्टन्तु मध्याह्ने प्रातर्वृद्धिनिमित्तकम् ।। भन्ने अर्थमा आभ्युदयिक, भनौँ दैविक श्राद्ध विहानै गरिन्छ, १६ श्राद्ध जसलाई पार्वण भनिन्छ, अपराह्नव्यापी हुन्छ र वार्षिक तिथिमा गरिने एकोद्दिृष्ट श्राद्ध मध्याह्नकालमा गरिनु पर्छ ।
मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति भन्ने अर्थमा मघा नक्षत्रको तिथिमा पार्वण श्राद्ध हुन्न र यसो गरे सन्ततिलाइृ हानि हुने र अर्को तिथि लिएर श्राद्ध गरिन्छ । यसपल्ट मघायुक्त श्राद्ध आश्विन ३ गते परेको छ । भोलिपल्ट ४ गते शस्त्रादिबाट हताहतका लागि गरिने श्राद्धको दिन हो । सबै छूटपूmट श्राद्ध औँसी भनौँ समापनका दिन गरिन्छ । अरुबेलाको भन्दा अलि विशेष र ठूलै सामाग्री तयार गरी भूस्वामी सहित देव, पितृहरु सबैलाई सिद्धान्न दान, गरिने भएकाले यसलाई महालय पनि भनिन्छ । तीर्थमा गरिने तीर्थ श्राद्ध र घरमा गरिने श्राद्धको विधान केही फरक हुन्छ । महालय श्राद्धमा भएजति सबैको नाममा पिण्ड दिने चलन छ, तर्पण त अघिपछि पनि सबैलाई दिइने नै हो ।
५ दिन सम्मको श्राद्ध पन्चमी सम्मको हिजै सकिएको र आज षष्टी श्राद्ध हो । यसपालि अष्टमी र नवमी एकै दिन परेकाले पर्सी ३० गतै दुबै तिथिको श्राद्ध गरिन्छ, केही समय यता र उता गरी । हाम्रा अगाडि विषम परिवेश छन् तापनि पितृ श्राद्ध ऐच्छिक हुन्न, देव कार्य ऐच्छिक हुन सक्छ अतः दिन खोलेर पितृ कार्य गरौँ हामी सबैको भलो नै हुन्छ अस्तु ।

















