सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

 

 

 

काठमाडौँ । मन्त्री छनोटपछि असन्तुष्टि जनाउँदै सुदन गुरुङ समूहका जेनजीहरुले गएराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि नाराबाजी गरेका छन् ।
सो क्रममा जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी भएर उनीहरुले नाराबाजी गरेका हुन् ।सो क्रममा गुरुङले भने, ‘सबसे पावरफुल नेपाली जनता हो । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छौँ ।’

प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार राष्ट्रपतिले तीन मन्त्री नियुक्त गरेका थिए । जसको आज शपथ हुने भनिएकामा त्यसअघि गुरुङ समूहले आक्रोश पोख्दै नाराबाजी गरेको हो।

विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री बनाइएकोमा उनीहरुको आक्रोश देखिएको छ । यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गरिएको छ।

तर सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै आक्रोश पोखेका हुन् ।