काठमाडौ । नेपालको संविधान २०७२ ले सबै धर्मलाई सम्मान संरक्षण दिन नसकेको विभिन्न धार्मीक संघ संस्था एवं बिज्ञहरुले दाबी गरेका छन् । अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन २०८२ मा सहभागी संघ संस्था र कार्यक्रमका अतिथिले सो दाबी गरेका हुन ।
यहि२०८२ भाद्र २३ गते सोमबार काठमाडौंमा सुरु भएको अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलन २०८२ को उद्घाटनसत्रमा सम्मेलन सफलताको शुभकामना दिदै पूर्वमन्त्री तथा संविधान सभा सदस्य माननीय विश्वेन्द्र पासवानले संविधानले सबै धर्मलाई समान अधिकार दिन नसकेको र सबै धर्मको समान रुपमा संरक्षण गर्न नसकेको बताउनुभयो । उहाँले संविधानले सबै धर्मलाई समान रुपले संरक्षण नगरेकै कारण सबै नेपालीले यो संविधान हाम्रो हो भन्ने अवस्था नरहेको बताउनुभयो । सोही कार्यक्रममा पूर्वमन्त्री तथा धर्मोदय सभाका उपाध्यक्ष प्रा.डा केशवमान शाक्यले अन्तरधार्मिक राष्ट्रिय गोलमेच सम्मेलनमा सबै धर्मलाई एक ठाँउमा जुटाउनु सह्रायिन काम भएको बताउदै यो कामको अन्तराष्ट्रिय स्तरमा अनुकरण हुनुपर्ने बताउनुभयो । उहाँले अहिले नेपालमा हिन्दु धर्म मान्ने ८१ प्रतिशत छन् भनेर भने पनि त्यो तथ्याङक गलत भएको दाबी गर्नुभयो । सामाजिक अभियान्त डा मित्र परियारले स्वतन्त्र व्यक्तिले सत्य बताउन सके पनि दलमा आवद्ध व्यक्तिले सत्य बोल्न नसक्ने बताउनुभयो । अहिलेको संविधान र विभिन्न धर्मले अझै पनि दलितका अधिकार दिन नसकेको बताउनुभयो । सम्मेलन सफलताको शुभकामना दिदै डा महेन्द्र लावतीले सम्मेलनले सबै धर्मालम्वी बिच आपसी सद्भाव बढाउन प्रेरित गर्ने भएकोल यस्तो अन्तरधार्मिक सम्मेलन गाउँ गाउँ सम्म पुराउन आयोजकलाई सुझाब दिनुभयो ।

काठमाडौको राष्ट्रिय सभागृहमा आयोजना गरिएको उद्घाटन सत्रमा बिभिन्न ९ बटा धार्मिक समुदाय सहभागी भएका थिए । आआफ्नो धार्मीक मान्यता र आस्था अनुरुप मन्त्रोउच्चारण तथा प्रार्थना गरे पश्चात सुरु भएको कार्यक्रममा हिन्दू धर्मबाट वैदिक सनातन कर्मकाण्ड महासंघ अध्यक्ष प्राध्यापक पण्डित रामचन्द भण्डारी, बौद्ध धर्मबाट गुरु छिरिङ लामा, इस्लामबाट धार्मिक गुरु मौनना मोहम्मद सलमान मिताही, किरात धर्मबाट किरात हाडसाम माडतिमका अध्यक्ष केतेरसिंह वोडहाड, बीष्टियन फादर चित्र रुपाचा, मष्टा धर्मका तर्फबाट मष्टो धर्म संस्कृति संरक्षण समिति अध्यक्ष वर्क वहादुर बस्नेत, बोन धर्मका गुरु, शीख गुरु वखसि, बहाईका प्रतिनिधि रोशना थापा, कबिर धर्मका प्रतिनिधि महासचिव कबिर नेपोलियन राईले लगायतले मन्त्रोउच्चारण तथा प्रार्थना गर्नु भएको थियो ।
उद्घाटन सत्रमा बहाई धर्मका प्रतिनिधि शोभा पौडेलले ईश्वर एउटै भएको बताउदै धर्म सम्पुर्ण मानवको एकता र शान्तिका लागि आवश्यक हुने बताउनुभयो । सम्मेलनका सल्लाहकार क्याप्टेन श्री देव कुमार बुद्धिष्ट आफुले सबै धर्मलाई उत्तिकै आदर सम्मान गर्ने बताउदै यस्तो सबै धर्म अट्ने गरि गरिएको सम्मेलनको शन्देश अन्ताष्ट्रिय स्तर र संयुक्त राष्टसंघ सम्म पुराउनु पर्ने बताउनुभयो । खीष्टियनस् पास्टर सूर्य बल तामाङले व्यक्रिले आफुले चाहेको धर्म अगाल्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
किरात धर्मका तर्फबाट, किरात धर्म तथा साहित्य उत्थान संघका दङ्गध्वोज खोयाहाङ, इस्लाम धर्मका तर्फबाट इस्लामी संघ नेपाल अध्यक्ष मौलाना नजरुल हसन ले सबै धर्मको हितका निम्ती सबै धर्मालम्वीले सामुहिक रुपमा आवाज उठाउनु पर्नेमा जोड दिनुभयो । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा संघीय संसदका उपसभामुख इन्दिरा रानामगरलाई बोलाइए पनि सडकमा भएको जेनजीको आन्दोलनका कारण उहाँ सहभागी हुन सक्नुभएन । कार्यक्रममा चिनिया दुतवासका कनसुलर वाङ छिन र अफिसरको समेत उपस्थीति रहेको थियो । त्यसै गरि सम्मेलनमा श्रीष्टियन पास्टर मूर्व वन तामाड ,बहाई थी गोबा पौडेले प्रतिनिधि ,मोहम्मद रजामी गदस्य सचिव अन्तर धार्मिक राष्ट्रिय गोलमेच सम्मेलन२०८२, दशध्वोज सोयाहाङ संयोजक व्यवस्थापन उपमिति, डा विपी खनाल सयोजक विज्ञ समूह समिति , डा तेजबहादुर रोक्का संयोजक आर्थिक उपसमिति ,मोहम्मदिन अलि अध्यक्ष, मुस्लिम आयोग ,मोख्तार अहामद अध्यक्ष हज समिति ,मौलाना गुलाम रसूल मिया हेसरा नेपाल काठमाण्डौ ,इन्द्रकुमार सेर्मा अध्यक्ष किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपाल , चन्द्रकुमार सेमां किरात ज्योतिषविद मुन्धुम अध्येता ,नवीन लिङ्देन उपाध्यक्ष किरात धर्म साहित्य उत्थान संघ केन्द्रीय समिति, सुर्यविक्रम चेम्जोङ केन्द्रीय सदस्य किध तथा साउ संघ ,फादर सिलास बोगटी सदस्य खीष्टियन क्याथोलिक समुदाय ,फादर जगत वाग्ले सदस्य विलिवर्स डायोसिस समुदाय , पास्टर डिल्लीराम पौडेल, नेपाल खिष्टियन सोसाइटी सहअध्यक्ष ,पास्टर उद्धव चिमोरिया सदस्य, राष्ट्रिय खीष्टियन महासंघ, नेपाल, अध्यक्ष लगायतलाई आमन्त्रण गरिएको थियो ।
२३ गते उद्घाटन पछि २४ गते बन्दसत्र गरि २५ गते समापन गर्ने भनिएको कार्यक्रम आन्दोलनका कारण बिचमा रोकिएर २५ गते गर्ने भनिएको पत्रकार सम्मेलन असोज १ गते हुदैछ । उद्घाटन सत्रको अध्यक्षता डकेन्द्रसिंह थेगिमले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अन्तर धार्मिक राष्ट्रिय गोनमेच सम्मेलन २०८२ का संचार तथा जनसम्पर्क समितीका संयोजक डा किरिड योन्जनले गर्नुभएको थियो ।



















