करिब ५ सय ३८ किलो गाँजा बरामद

विराटनगर महानगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब ५ सय ३८ किलोग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको प्रदेश १-०२-००१ च १६६६ नम्बरको कार तलासी गर्दा १५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।