skip this वडा नं १६ बालाजु च:मती

बाढी तथा पहिरोका कारण २८ जलविद्युत आयोजनामा क्षति

 

 

बाढी तथा पहिरोका कारण बिजुली उत्पादन गरिरहेका १५ र निर्माणाधीन १३ गरी कुल २८ जलविद्युत आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।

यो आइतबार साँझ ६ बजेसम्मको प्रारम्भिक तथ्यांक भएको इप्पानले जनाएको छ।

बाढी तथा पहिरोबाट आयोजनाको पावर हाउस, हेडवर्क्स, एक्सेस रोड लगायत संरचनामा क्षति पुगेको उल्लेख गरिएको छ।

इप्पानका अनुसार क्षति भएका आयोजना इलाम, पाँचथर, भोजपुर, रामेछाप सिन्धुपाल्चोक, रसुवा, लमजुङ, म्याग्दी लगायत जिल्लामा अवस्थित छन्।

निर्माण पूरा भएर बिजुली उत्पादन गरिरहेका ११३.३६ मेगावाटका १५ वटा सबै जलविद्युत आयोजना इलामका छन्। जसमा ४.५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला, ७ मेगावाटको माइखोला क्यासकेड छन्।

त्यस्तै,  ७.८ मेगावाटको सुपरमाइ, ९.६ मेगावाटको सुपरमाइ ए, ३ मेगावाटको सुपरमाइ ए क्यासकेड छन्।

 

जोगमाइ खोला ७.६ मेगावाट, जोगमाइ क्यासकेड ५.२ मेगावाट, तल्लो जोगमाइ ६.२ मेगावाट, माइबेनी हाइड्रोपावर ९.५ मेगावाट, माथिल्लो माइखोला ९.९ मेगावाट, माइ सी क्यासकेड ५.१ मेगावाट, पुवा २- ४.९६ मेगावाट र अपर पुवा १- ३ मेगावाटका आयोजनामा क्षति पुगेको हो।