बालेन र सुधनविरुद्धको जाहेरी प्रहरीले बुझ्यो, दर्ता गर्न २४ घण्टाको समय माग  

 

नेकपा (एमाले) निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ।

प्रहरीले उक्त उजुरी लिए पनि दर्ता गरेको छैन।उजुरी दर्ताका लागि प्रहरीले २४ घन्टाको समय मागेको अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले जानकारी दिए।

‘सरकारी वकिलसँग सल्लाह गरेर उजुरी दर्ताको विषयमा २४ घन्टाभित्र जानकारी दिन्छु भनेर उहाँहरूले भन्नुभएको छ, त्यसबेलासम्म हामी कुर्छौं। उजुरी दर्ता नगरे अदालतलगायत ठाउँमा जान्छौं,’ उनले भने।

 

भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायतमा आगजनी भएको थियो। उक्त आगजनीमा संलग्न रहेकाहरू देखिने भिडिओ र फोटोलगायत पनि संकलन गरेर आफूहरूले प्रहरीलाई बुझाएको उनले बताए।