राजावादी आन्दोलन पुन: शुरु

शाही युवा शक्तिले आन्दोलन गर्ने

शाही युवा शक्तिले भोली असोज २५ गते शनिवार राजसंस्था पुन: स्थापना र हिन्दु अधिराज्य स्थापनाको माग राख्दै जुलुस गर्ने भएको छ । युवा शक्तिका एक नेताका अनुसार शनिवार दिउसो १२:३० बजे काठमाण्डौंको सामाखुसीबाट जुलुस निकाली नाराणहिटि दरबार पुगेर जुलुस समापन हुने आयोजक शाही युवा शक्तिले जनाएको छ ।

भर्खरै जेनजी आन्दोलनबाट परिर्वतनको आशातीत फल प्राप्त हुुन नसकेको, भ्रष्टचारीलाई कारबाही नभएको, राष्ट्र, राष्ट्रिय र धर्म संस्कृतिमाथी विदेशी अतिक्रमण बढ्दै गएको सन्दर्भमा हुन लागेको यो जुलुस मह्वपूर्ण हुने आयोजकले बताएका छन् । उनीहरुले यसले जेनजी आन्दोलनले सम्बोधन गर्न नसकेका मुद्धाहरु सम्बोधन भई देशले निकास पाउने दाबी रहेको छन् ।