फुक्ला त समाजवादी मोर्चामा रहेका दलहरूबिच पार्टी एकताको गाँठो ?

काठमाडौ । अलपत्र परेको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच पुन : पार्टी एकता प्रकृया अगाडी बढाउने पहल भई रहेको छ । जेनजी आन्दोलन पछि असोज ९ र १० गते बसेको माओबादीको केन्द्रीय समिति बैठकले नेकपा लगायत समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्ने निर्णय गरे पछि पुन एकताको पहल सुरु भएको हो । एकताकै बिषयमा छलफल गर्न विप्लव नेतृत्वको नेकपाको कपिल बस्तुमा केन्द्रयि समिती बैठक बसिरहेको छ । बैठक २७ गते सोमबार सकिदैछ । बैठकले यस अघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि महासचिव नेत्रविक्रम चन्द विप्लवले राखेका दुईवटा सर्त अनुरुपनै जाने निर्णय गर्न सक्ने बुझिएको छ ।

जेनजी विद्रोहपछि नेकपा माओवदी केन्द्रले वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा जोड दिईरहेको बेला विप्लवले सर्तसहितको एकता प्रस्ताव राखेको स्रोतको दाबि छ । समाजवादी मोर्चाका संयोजक समेत रहेका बिप्लवले दशै अघि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत समाजवादी मोर्चाका नेताहरूसँग भेटेका थिए । उनले असोज १४ गते ललितपुरस्थित हात्तीवनमा प्रचण्डसँग भेटका क्रममा दुईवटा सर्त राखिएको बुझिएको छ ।

पहिलो सर्तमा नेतृत्व तहका सबै नेताहरूलाई बिदा गरी नयाँ कम्युनिस्ट केन्द्र बनाउने रहेको छ । दोस्रो सर्तमा संक्रमणकालीन अवस्थामा एकतामा जोडिएका मूल नेतृत्वलाई संयोजक तोकेर एकता महाधिवेशनमा आफूलाई नेतृत्व दिने गरी सहमति गर्नुपर्ने रहेको छ । तर प्रचण्ड यसमा सकारात्मक नदेखिएको स्रोतको दाबि छ । गाँठो यहि कसिएको छ । यो गाँठो नफुकेसम्म एकता हुन समय लाग्ने देखिन्छ । औपचारीक रुपमा भने विप्लवका नेताहरुले कम्युनिष्ट आन्दोलन कसरी अगाडी बढाउने भन्ने सैद्धान्ति कुरा मिले त्यस पछि मात्र नाम, एकता पछिको साङ्गठनिक संरचना लगायतका विषयमा कुरा हुने भएकोले अहिले पद नमिलेर एकता भएन भन्ने कुरा गर्न नमिल्ने बताउने गरेका छन ।

जेनजी बिद्रोह पछि विप्लवले पनि नयाँ कम्युनिष्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेका छन उनले जेनजी विद्रोहले यसको वस्तुगत आधार र आवश्यकता बलियो गरी तयार पारिदिएको अवस्थामा नेतृत्वको बाधक बन्न नहुने उनको जोड छ । त्यसो त नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली पनि बनाएको छ जसमा अनिल शर्मा विरही र अर्का स्थायी समिति सदस्य कर्णजित बुढाथोकी छन् ।

यस अघि सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकता विरोधी भएको भन्दै, प्रचण्डसंग एकता नगर्ने निर्णय समेत गरेको थियो । उसले चुनावमा भाग लिने प्रयोजनका निम्ती ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने र निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णयसमेत गरेको थियो । अब भने पुरानो निणर्य फेर्दै पार्टी एकतामा जोड दिने बुझिएको छ ।

उता माओवादीका प्रचण्डसहित नेताहरू नारायण काजी श्रेष्ठ, गिरि राजमणि पोखरेल र वर्षमान पुन बसेर एकताको मोटामोटी खाका तयार पारिएको बुझिएको छ । एकीकृत समाजवादी र नेकपाले सकारात्मक निर्णय गरेमा कात्तिक दोस्रो हप्तासम्म अन्तिम रुप दिने तयारी भइरहेको नेताहरूले बताएका छन ।
त्यसो त यसअघि पनि विभिन्न चरण एकताका लागि छलफल भइसकेको थियो । माओवादीले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालेको नेतृत्वमा वार्ता समिति समेत गठन गरेको थियो । बिगतमा नेत्रविक्रम चन्दलाई माओवादी महासचिव बनाउने प्रचण्डले बचन दिए पनि नेकपाले भने यसलाई स्विकारिएको थिएन । अब विषय कसरी बढ्ला हेर्नै पर्ने छ ।

उता एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल एकताको पक्षमा भए पनि एकीकृत समाजवादीभित्र सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल एकताको विपक्षमा उभिएका छन् । श्रीमतीको उपचारका लागि भारतमा रहेका नेता खनालले ‘कुबेलाको सहनाई नबजाउन’ भन्दै लिखित आग्रह गरेका छन् ।
माधव नेपालसंग भने समाजवादी मोर्चामा रहेका दलहरूबिच पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्न सहमति देखिएको र पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद राख्न सहमत भएको स्रोतको दाबि छ ।

माओवादी, एकीकृत समाजवादी, नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि तीव्रता दिइएको छ । यस मध्ये महेन्द्र राय यादब संग सबै बिषय लगभग टुङ्गिीएको बुझिएको छ । नेकपाका केही नेताहरु भने एमोको नेतृत्बाट के पी हटेमा एमालेसंग पनि कुरा गर्नुपर्ने पक्षमा पनि छन् ।