सुनसरीको बर्जु गाउँपालिका-३ खरी टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम बुधबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको बोलेरोमा सवार अपरिचित व्यक्तिहरू फरार भएपश्चात उक्त स्थानमा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिहेको छ ।






















