राजा, नेता र राजकाज

हामी जहिले पनि राजनीतिको कोपभाजनमा छौँ, परीक्षणमा छौँ, राजनीतिले सेवा प्रवाह गर्ने देशकै मुटु सिँहदरबार जल्यो, ढल्यो तर अहँकार, क्रोध, हिँसा, बडप्पन जलेन, ढलेन । अध्यात्म ज्ञानको अभावमा बनावटी सार्वजनिक सेवा पछिल्ला दिनहरुमा कलियुगको प्रभाव समेतले यत्रतत्र नक्कली भइरहेको छ, कतै आत्म सन्तुष्टि छैन । एक प्राचीन कथा भागवत अष्टमस्कन्ध सार यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

राजा पृथृको नामले धर्तीको नाम पृथ्वी रहेको हो । स्वायम्भू मनुका अँश वंशमा धार्मिक, प्रजावत्सल, नीतिज्ञ र पुरुषार्थी राजाका रुपमा चिनिन्छन् महाराज पृथु जसले पृथ्वीलाई सन्तुलित बनाए, सहज बनाए सबै प्राण्ीिहरुलागि खान, र बस्न योग्य बनाए । धर्तीमा पहिलोपल्ट अग्लो, होचो मिलाउने काम, वन बुटेन, प्रकृतिको संरक्षण, नदी नालाहरुको रक्षा, वायुमण्डलको सुरक्षा, सार्वजनिक उद्यान, वाग्, वगैँचा, कुलो, पंधेरो, पैनी, जल व्यवस्थापन, सिँचाइ, कृषि भूमिको उर्वरता, सार्वजनिक संरचनाको तयारी, सडक, परिवहन लगायतका कार्यहरु उनले व्यवस्थित गराए र आम जनातामा सुरक्षा, सुशासन, दान, यज्ञ, पुजा, सन्ध्यावन्दन, यज्ञहरुको आयोजना वरत्र र परत्र सुधार्न आमजनतालाई दिव्य सन्देश, उद्गार धर्म संस्कृितबाटै देश, राज्य, सरकारको मुहार राम्रो हुने आम जानकारी आम भूगोलबासीलाई गराए ।

स्वायम्भू मनु वंशमा रावा अँग थिए पहिले, न्यायिक र धार्मिक राजा, प्रजापालक, दाता र उपकारी, तमाम गुणहरुले अँग राजा विश्व प्रख्यात थिए । राजा अँग हर दिन वेदज्ञ ब्राह्मणहरुको राय परामर्शमा राज्य सन्चालन गर्थे, पूरै भूगोल एक साम्राज्य थियो अहिलेको जस्तो थरी थरीका वाद, विवाद, अपवाद केही थिएन । ऋत्विक ब्राह्मणहरु बोलाई उनले महायज्ञ आयोजना गरे, परत्र सुधारका लागि पनि र उनलाई अवगत थियो यज्ञहरुको आयोजनाले देव पितृहरुले खाना पाउँछन् र आहुति मन्त्र शक्तिले जीवको रक्षादेखि समस्त वायुमण्डल पवित्र भई राम्रो अमृतमय वर्षा हुने र उब्जा अधिक भई आम जनमानसमा खाद्य सुरक्षादेखि पोषण लगायतका विषयबस्तुहरुले धर्ती हराभरा हुने हुन्छ ।

एकपल्ट असल ब्राह्मणहरुलाई आमन्त्रण गरी राजाले ठूलो यज्ञ गर्दा इन्द्र, वरुण अग्नि आप्mनो भाग लिन उपस्थित भएनन् र उनीहरुको भाग विना यज्ञ अधुरो हुने भयो । उनीहरु किन आएनन् भन्ने खोजी गर्दा त्रिकालदर्शी महात्माहरुले राजालाई भने कि तिम्रा सन्तान छैनन् अपुत्रका हातबाट कुनै देवताहरुले खाना लिँदैनन् र यज्ञ पनि अपुरो हुन्छ । यो जानेका राजाले तुरुन्तै ठूलो खर्च गरी पुत्रेष्ठि यज्ञ गरे, सन्तान प्राप्तिको कामना राखे, र विधिपूर्वक गरिएको यज्ञबाट अग्निदेव प्रकट भए हातमा पायस लिएर र भने यो प्रसाद तिम्री रानीलाई खुवाउनू, सन्तान हुनेछ । राजाले त्यसै गरे, गर्भाधान संस्कार र मासपूर्ण भएपछि एक बालक जन्म्यो । वालकको जातकर्म गरियो नामकरण गर्दा नाम वेन जुरेकाले ज्योतिषहरुले त्यही नाम राखे, तर वालक बढ्दै जाँदा उसको स्वभाव निकै दुस्चर हुँदै गयो र ब्राह्मणहरु सो को कारण खोजी गर्दा माइतीपटिको केही दोष देखाइयो । बाबुले असल शिक्षाको भारी प्रयत्न गर्दा पनि वालकको मति सुध्रेन । राजालाई खराव सन्तान आएको देखेर वैराग्य छायो र एकदिन दरबार छोडेर हिँडे ।

राज्य खालि हुँदा त्यही दुस्चर राजकुमारलाई राजा बनाइयो । चोरको सरदार आपैmँ भएकोले राज्यमा हिँसा, चोरी त कम भयो तर उसको उद्दण्डताले आम जनतालाई बसिसक्नु नै भएन । ऋषि मर्षिहरुको कोपभाजनमा परेर उसको देहान्त भयो । अँगकी पत्नी थिइन् महारानी सुनीथा, उनले वेनको शवलाई तेलमा डुबाएर राख्न लगाइन्, दाहसंस्कार भएन । राजा बिना राज्यमा फेरि उपद्रव हुन थाल्यो । सबैले मिलेर त्यही शवको तिघ्रा चिरे, एक अद्भूत बालक पैदा भयो केही समयपछि नै कालो अनुहार राक्षस जस्तो देखियो, उसको नाम नै निषाद राखियो, ऊ राजकाजका लागि अयोग्य घोषित गर्दै वेनको दुबै बाहु मथन गरियो दायाँबाट एक अलौकिक अवतारी पुरुष र देब्रे अँगबाट स्वयं महालक्ष्मी स्वरुपा एक स्त्री पैदा हुँदा पुरुषको नाम पृथु र स्त्रीको नाम अर्चि राखियो । समयको अन्तराल दुबै राजा रानीका रुपमा राज्याभिषेक भई पृथुले राज्य सन्चालन गर्न लागे ।

पृथुमा राज चिह्न रहेको हात, गोडा, निधार, सम्पूर्णमा राजकीय चिह्न देखेर सबै खुसी भए । देवलोकदेखि समस्त भूखण्डबाट उनलाई उपहार बक्सिस मिल्न थाल्यो । जताततै उनको यश गान हुन थाल्दा पृथुलाई त्यो मन परेन, प्रशँसा गर्नु पर्दैन म काम गर्न मात्र तयार छु भन्दै आदेश जारी गर्न थाले । राज्य व्यवस्था सुमधुर हुने क्रममै एकपल्ट धर्तीमा अनिकाल लाग्यो, खडेरी धेरै, अनावृष्टि, उब्जनीको अभाव सबैतिर दुष्चक्र शुरु भयो । धर्तीबाट क्रुद्ध भएका पृथुले धर्ती प्रहार गर्ने प्रतिज्ञा गरे । धर्ती कम्पायन हुँदै गर्दा डरले गोरुप लिइन्, भाग्न थाल्दा थाकेर भन्न थालिन् मैले असहज भएर उब्जा नगरेको हो । मानिसहरु दूराचारी भए, अन्न देव पितृहरुलाई अर्पण गरेनन्, पशु, पन्छी, देव पितृहरुलाई नदिई आपूmले मात्र खाएको खाना विष सरह हुन्छ, त्यसैले मैले दिएको अनाज बस्तुहरु विषरुपमा परिणत गर्न मैले नचाहेको हो । तपाइँले सुव्यवस्था गर्ने हो भने मलाई अलग बाच्छो राखी आबश्यता अनुसार वस्तुहरु दोहन गर्नूस् म दिन तयार छु । गोरुपी पृथ्वीले यसो भनेपछि अलग अलग बाच्छो तयार गरी सबै प्राणीहरुलाई आबश्यक पर्ने वस्तुहरु दोहन कार्य भयो र धर्ती पुन: हराभरा भइन् । धर्तीका लागि आबश्यक अमुत लगायत विष समेत सबैथरिको दोहन भयो र आबश्यकतानुसार देवलोक, पितृलोक, यक्ष, बरुण, नागलोक, भूतल समस्त ब्रह्माण्डलाई आबश्यक पर्ने बस्तुहरु उत्तपादन, उतखनन समेत हुन लाग्यो । यसरी राजा, नेता, नेतृत्वका आचरण, अनुशासन, निष्ठाबाट देश, भूगोल, राज्य संरक्षित बा नराम्रो हुने शास्त्रको चर्चा भागवतमा विवेचना गरिएको छ ।

अहिले सर्वत्र राजा धेरै हुने, काम भने केही नहुने अबस्था र राजाको स्थान नेताहरुले लिन थालेका छन् तर नेताहरुमा राजकाजको क्षमता, दूरदर्शिता, अध्यात्म, धर्म, ंसस्कृति, देव, यज्ञ, शास्त्रीय चिन्ता भने भएन, र जताततै धर्मसंकट मात्रै होइन आम जनसमुदायलाई असहज भइरहेको अबस्था छ ।