पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ । यससँगै अफगानिस्तानको क्रिकेट बोर्ड (एसीबी)ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको त्रिकोणात्मक टी–२० सिरिजमा भाग नलिने निर्णय गरेको छ ।
एसीबीले मृतक तीन खेलाडीको तस्वीर सार्वजनिक गर्दै लेखेको छ, ‘शुक्रबार साँझ पाकिस्तानतर्फबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई निशाना बनाइयो।’ बोर्डका अनुसार, यस घटनामा खेलाडी कबीर, सिबगतुल्लाह र हारुन सहित अन्य पाँच जना सर्वसाधारण नागरिकको पनि मृत्यु भएको हो।


















