सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित

 

 

काठमाडौं । सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचितभएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् ।

हत्या गरिएका पूर्वप्रधानमन्त्री नेता शिन्जो आबेकी राजनीतिक शिष्य समेत रहेकी तकाइची मंगलबार ४६५ सदस्यीय संसद्‌को तल्लो सदनमा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा निर्वाचित भइन् ।

 

तेस्रो प्रयासमा प्रधानमन्त्री बनेकी ६४ वर्षीया तकाइची एक दक्षिणपन्थी नेतृ हुन् । जापानमा उनी ‘आयरन लेडी’  को रूपमा परिचित छिन् ।

तकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन् । यसअघि उनी मन्त्री समेत बनिसकेकी छिन् । उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर समेत पनि हुन् ।