skip this वडा नं २६ लैनचौर

आगजनीपछि पहिलोपटक ओलीले अवलोकन गरे बालकोटस्थित निजी निवासको अवलोकन

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निजी निवासको अवलोकन गरेका छन् ।

गत २४ भदौमा जेनजी प्रदर्शनकारीहरूले तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीको घरमा आगजनी र तोडफोड गरेका थिए ।

आगजनीपछि आज उक्त घरमा पहिलोपटक पुगेर ओलीले अवलोकन गरेको उनको सचिवालयले जनाएको छ ।

जेनजी आन्दोलपछि सत्ताच्यूत भएका ओली अहिले भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।