skip this वडा नं २६ लैनचौर

गायिका नितु पौडेलको उपचार क्रममा मृत्यु भएपछि स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी

 

 

अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायक नितु पौडेलको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार बाबुलविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी परेको हो।

नितुको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए।

उनका अनुसार पौडेलको निधन शुक्रबार बिहान ८ः३० बजे भएको हो।

 

नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। त्यहाँबाट उनलाई उद्धार गरेर बर्न अस्पताल लगिएको थियो।