काठमाडौं– सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले पाँचौंपटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ।
२४ अक्टोबर शुक्रबार राति भारतको नयाँदिल्लीस्थित ‘होटल दि अशोक’मा आयोजित २०औं टुरिजम, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा क्यासिनो माजोङलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो। सो अवार्डबाट क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ सम्मानित हुनु भएको छ । सम्मान कार्यक्रममा भारत सरकारका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतले क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई अवार्ड हस्तान्तरण गर्नु भएको थियो ।
क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठ विगत २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध रहदै आउनु भएको ब्यक्तित्व हुनु हुन्छ । क्यासिनो, होटल तथा रिजोर्टस्, ट्राभललगायत व्यवसायमा उहाँको लगानी रहेको छ। श्रेष्ठको स्वामित्वमा रहेको क्यासिनो माजोङ नेपालकै नम्बर–१ क्यासिनो हो। क्यासिनो माजोङले बर्सेनि लाखौं विदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको छ। र, उक्त अवार्ड त्यसैको प्रतिफल हो।
सोही समारोहमा क्यासिनो माजोङ नेपालगञ्जलाई ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट सम्मानित गरिएको छ। उक्त अवार्ड क्यासिनो माजोङ नेपालगञ्जका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई प्रदान गरिएको छ।
यस्तै, सोही समारोहमा क्यासिनो माजोङ, नेपालगञ्जका महाप्रबन्धक निरजकुमार प्रधान ‘बेस्ट क्यासिनो जनरल म्यानेजर इन साउथ एसिया’ अवार्डबाट सम्मानित हुनु भएको छ । गत वर्ष पनि प्रधानले उक्त अवार्ड प्राप्त गरेका गर्नु भएको थियो । त्यसअघि सन् २०२३ मा क्यासिनो माजोङ, काठमाडौंका महाप्रबन्धक अमूल्य राणाले सो अवार्ड प्राप्त गर्नु भएको थियो ।
नयाँदिल्लीमा आयोजना हुँदै आएको ‘हस्पिटालिटी अवार्ड’ कार्यक्रममा यसअघि सन् २०१९, २०२२ ,२०२३ र २०२४ मा पनि क्यासिनो माजोङ नेपाल ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ र सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट सम्मानित भइसकेको छ। सन् २०२३ र २०२४ मा पनि क्यासिनो माजोङ नेपालगञ्जले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड प्राप्त गरेको थियो।
क्यासिनो माजोङ नेपालले पाएको यो अवार्ड क्यासिननो क्षेत्रमा दक्षिण एसिया स्तरको प्रतिष्ठित अवार्ड मानिन्छ ।
भारतको राजधानी नयाँदिल्लीस्थित ‘हस्पिटालिटी इन्डिया पब्लिकेसन्स ग्रुप’ले बर्सेनि संसारभरका होटल र क्यासिनोहरूबाट छानी यो अवार्ड प्रदान गर्दै आएको छ। दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई प्रबद्र्धन गर्न उक्त ‘हस्पिटालिटी अवार्ड’ कार्यक्रममा आयोजना गरिँदै आएको छ।
दक्षिण एसियामा बेस्ट हस्पिटालिटी कसले दिएको छ भनेर ‘हस्पिटालिटी इन्डिया’ले गम्भीर अध्ययनपछि अवार्डका लागि छनोट गर्छ। कुन क्यासिनोको ट्रान्ज्याक्सन कस्तो छ अनि भिजिटरको संख्यालगायत सहित बिभिन्न पक्षको ‘हस्पिटालिटी इन्डिया’ले अध्ययन गरेर अवार्डका लागि छनोट गर्छ। र, सम्बन्धित मुलुकको बजारमा कसको बढी आकर्षण छ र कुन क्यासिनो लोकप्रिय छ भनेर अध्ययनपछि मात्र अवार्डका लागि छनोट गरिन्छ।




















