राप्रपा का महामन्त्री धवल शम्शेर राणाले बोलाए भेला

 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा० का महामन्त्री धवल शम्शेर राणाले भेला बोलाएका छन्।
महामन्त्री राणाले आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन्।
महामन्त्री राणानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार भेला आज मध्याह्न १२स्३० बजेदेखि सुरू हुनेछ।
भेला बालुवाटारस्थित नेपाल हाउसमा बस्नेछ।
महामन्त्री राणाले नियमित महाधिवेशन मंसिर १७ गतेभित्रै गर्नुपर्ने बताउँदै आएका छन् तर अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशन गर्न नै समय मंसिर मसान्तसम्मको दिएका छन्।
अध्यक्ष लिङ्देनले अब बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल गर्ने बताउँदै आएका छन्।