फिदिम खानेपानी समितिले देउसि भैलाे खेलेर जग्गा खरिद

फिदिम खानेपानी उपभोक्ता समितिले देउसि भैलाे खेलाएर बाकि रहेको जग्गाकाे पैसा तिरेकाे छ। फिदिम खानेपानीकाे आप्तेवा खाेला देखि आउने मुहान असाेज १८ र १९ गते आएको अबिरल वर्षाको कारण आएको बाढी-पहिराेले विभिन्न १३ ठाँउमा पाइपलाईन बगाएपछी निर्माण कार्य पुन सुरु गरिएको थियो ।

स्थानीय सरकार फिदिम नगरपालिका द्वारा खानेपानीको निम्ति सहयोग प्राप्त नहुँदा झनै समस्या बढेको हो । फिदिम नगारपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले निर्वाचित हुनु खानेपानीको समस्या समाधान गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताउदै आएका थिए । उनले आफ्नो घोषणा पत्रमा आफु निर्वाचित भएपछी ५० प्रतिशत सम्म महसुल छुट उपलब्ध गराउने उल्लेख गरेका थिए । तर हाल्सम्म पनि कुनै सहयोग प्राप्त नभएको फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।

बजेट अभाव भएपछी हाल फिदिम बजार तथा आसपासका उपभोक्ताहरुलाई बैकल्पिक रूपमा पानी खुवाईरहेकाे छ ।जसमध्ये फिदिम नगरपालिका वडा नम्बर १,२ र ४ का २ हजार ९ सय ६४ घर धुरी मध्ये २ हजार ३ सय ३४ घर धुरीलाई अहिले विभिन्न १३ ठाँउका खाेला खाेल्सिबाट ल्याएर बैकल्पिक रूपमा पानी खुवाईरहिएको छ। तर बैकल्पिक पानी ल्याइएता पनि अहिले खाेला खाेल्सि सुक्न थालेकोले थप समस्या हुने भएको छ।

फिदिम खानेपानी अहिले संचालनमा रहेको ४ लाख ५० हजार लिटर क्षमताको मात्रै रिजर्भ ट्याङ्की रहेको छ । यसलाई २४ लाख ५० हजार लिटर बनाउने लक्ष्य राखेर त्यही ट्यांकी भएको स्थानको जग्गा खरिद गरेको बाकी ७ लाख बुझाएर चुक्ता गरिसकेकाे अध्यक्ष गुरुङले बताए ।

३० लाख रुपैयामा १२ आना जग्गा किन्ने निर्णय भएको र सोहि बमोजिम २३ लाख रुपैयाँ दिईसकेको साथै बाकी ७ लाख बुझाउन बाकि रहेको रकम पनि जग्गा धनी भद्व कुमारी नेम्वाङलाई जिल्ला समन्वय समिति पाँचथर रामराज आङदेम्बेकाे प्रमुख अतिथि,अतिथि प्रमुख जिल्ला अधिकारी अरूण पाेख्रेल ,अतिथि प्रमुख सेनानी किशाेर अधिकारी र अतिथि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रूपेश तामाङ फिदिम खानेपानीको संयुक्त उपस्थितिमा जग्गा दाता फिदिम १ निवासी भद्व कुमारी नेम्वाङलाई ७ लाख रकम हस्तान्तरण गरि अब जग्गा पास गर्ने सहमतिमा साे प्रकृया अगाडी बढाइएको खानेपानी उपभोक्ता समितिका सह-सचिव डने शेर्पाले जानकारी दिए ।

गएको तिहारमा फिदिम खानेपानी उपभोक्ता समितिले मुहान क्षेत्रमा बिग्रेको पाईप लाईन र मुहानमा जग्गा खरिद गर्न भन्दै देउसी भैलो कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

याे साल देउसी भैलोबाट उठेको ११ लाख ५९ हजार ६१ रुपैयाँ रकम मध्येबाट बचेको रकमले यो भन्दा अगाडी आप्तेवा मुहान क्षेत्रमा १२ आना जग्गा खरिद गरिसकिएको सह-सचिव शेर्पाले जानकारी दिए। देउसीबाट बचेको रकमलाई असाेज १८ गतेकाे अबिरल बर्ष का कारण बिग्रेको पाईप लाईन क्षेत्रमा लगानी गर्ने निर्णय भएको शेर्पाले बताएका छन् ।

२०७९ सालको वैसाख १६ गते भएको अधिवेसनबाट निर्वाचित आफ्नो कार्यसमितिले पुरानाे ४ वटा मुहानलाई थप गरेर १३ वटा नयाँ मुहान थप गरिसकेकोले अहिले २४ घण्टा नै पानी वितरण कार्य भईरहेको छ।१७ बर्ष पछी नयाँ कार्य समिति प्रकाश गुरुङको टिम आएपछी पानीको न्यूनतम महशुलमा बजार क्षेत्रमा २८५ काे रुपैयाँ लिदै गरेकाे महशुललाई घटाएर २४६ रुपैया र गाउँ क्षेत्रमा २२१ रुपैया घटाए संगै १० हजार लिटरलाई २ हजार लिटर थप पानी पनि त्यहि शुल्कमा पाउने र घर निर्माणमा ५ हजार लिटर पानी पनि छुट गरेकाे छ साथै खानेपानी उपभोक्ता समितिको नाममा रहेको ऋण २० लाख समेत घटाउदै लगेको अध्यक्ष गुरुङले बताए ।

फिदिम खानेपानीले नगर भित्रकाे ३ वटा वडामा वितरित पानी २ हजार ३ सय ३४ घरधुरीले उपभोग गर्दै आइरहेका छन् ।