साढे ३ किलो थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

दिल्लीबाट नेपाल आएका २२ वर्षीय भारतीय नागरिक साढे ३ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतको उत्तर प्रदेशका सलमानलाई शनिबार शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा पक्राउ गरिएको हो ।

उनको झोलाभित्र प्लास्टिकमा प्याक गरी लुकाइएको ३.५ किलो थाई गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट राहदानी र मोबाइलसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।