skip this वडा नं १६ बालाजु च:मती

प्रचण्डलाई किन जनयुद्धका सहयोद्धा भन्दा पुर्व एमाले नेता प्रिय लागे ?

दश वर्ष जनयुद्ध गरेर नेपाली जनताबीच आफुलाई स्थापित गरेको माओवादी पार्टी शान्ति प्रकृयमा आएको दुई दशक नबित्दै लगभग बिघटन भएको छ ।
यो पार्टी अहिले जग बिनाको घर जस्तै भएको छ । जनयुद्ध लडेकाहरुले पार्टी छाड्ने र पुर्व एमाले नेताहरुसंग एकतासंगै केन्द्रीय सचिवालयमा जुन बरीयता छ, त्यो हेर्दा पुर्वएमाले नेताहरु माओवादीमा आएको होईन कि माओवादीहरु पुर्व एमाले नेताहरुकोमा गएको जस्तो देखिन्छ । नेताहरुको बरीयताक्रम हेर्दा लाग्दछ प्रचण्डले आफु संयोजक भए पछि सबै छाडे । जनयुद्ध लडेका भन्दा त्यसको बिरोध गर्ने नेताहरु प्रिय लाग्नु सायद प्रचण्डको ठुलो बैचारीक बदलाब वा कतैको ठुलै दवाब वा आफ्नो उपस्थीति देखाउने अन्तीम परीक्षण पनि हुन सक्छ ।

सबैलाई थाहा छ २०८२ भाद्र २३ र २४ गतेको जेन–जी बिद्रोह पछि माओबादी सहित सबै पुराना दललाई बदलिएको राजनीतिक परिस्थितिमा आफुलाई टिकाई राख्न चुनौती खडा भएको छ । यहि चुनौती महशुस गर्दै नेकपा एमालले फागुन २१ गते हुने गरि घोषणा गरेको चुनावमा जाने भन्दा संसद पुर्नस्थापनामा जोड दिएको छ । उसलाई थाहा छ जनतामा जान सहज छैन । कांग्रेस पनि अझै के गर्ने भन्ने अलमलमै छ । यो चुनौती माओबादीलाई पनि छ । यहि चुनौतीलाई आकलन गर्दै वा कुनै शक्तिको दवाब वा सुझावमा माओबादीका अध्यक्ष प्रचण्डले माओबादी सहित १० वाम बिच एकता गरी नयाँ पार्टी नेपाली कम्युनिस्ट पार्टीले बनाएका छन ।

यसमा कार्तिक २६ गते भीम रावल समेत जोडिएका छन । प्रचण्डले आफ्नो अस्तित्व बचाउन यस्तो गरे पनि जनताले भने १० वाम बिच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टी डेट सकिएका नेताहरुको क्लब भन्ने प्रतिकृया दिएका छन । देशले नयाँ नेतृत्व चाहेको तर यो पुरानाहरुकै नयाँ खोल ओडेर आउने चाला भन्ने जनताको बुझाई छ । एकता पछि बनेको नेपाली कम्युनिस्ट पार्र्टीमा ३५ सदस्य सचिवालय र दुई हजार जतिको केन्द्रीय समिति हुने देखिन्छ जुन हेर्दा सबैलाई पद दिएर रिझाउने पचण्डले चाल चालेको पनि प्रष्ट देखिन्छ ।

खासमा माओबादीका बैठक र अधिवेशनहरुमा पार्टीभित्र लोकतन्त्र हुनुपर्ने, पार्टीको पुनर्गठन हुनुपर्ने, नातावाद कृपावादको अन्त हुनु पर्ने, पार्टी भित्र आर्थिक पारदर्शिता हुनुपर्ने लगायतका मुद्दाहरु निरन्तर उठ्दै आएका थिए । तर प्रचण्डले बैठक र अधिवेशनहरुमा पार्टीभित्र उठाएका मुद्दाहरुलाई सम्बोधन गरेर माओवादी पार्टीलाई सुदृद्ध र एकताबद्ध बनाउनुको साटो आफुलाई केन्द्रमा राख्दै पुनर्गठनका नाममा डेट सकिएका नेताहरुको क्लब बनाएको देखिन्छ । जसको परिणाम उनी पुर्व सहयोद्धाको होईन पुर्व एमाले नेताहरको बिचमा एक्ले देखिएका छन ।

मिडियामा आई सकेको छ, गत वर्षको माओवादी केन्द्रीय समितिको बैठकले २०८२ मंसिरमा महाधिवेशन गरी पाटी पुर्नगठित गर्ने निर्णय गरेको थियो। हालै सम्पन्न नेकपा माओवादी केन्द्रको बैठकमा पनि मंसिर महिनामा विशेष महाधिवेशन गर्ने निर्णय भएको थियो। तर त्यो निर्णयको बेवस्था गर्दै जेन्जी आन्दोलन पश्चात् वदलिएको परिस्थितिलाई समेत नजरअन्दाज गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफुलाई फेरि पनि सत्ता र शक्तिको केन्द्रमा राखिराख्ने उद्देश्यले वा कसैको ईसरामा राजनीतिक रुप अप्राशंगिक भइसकेका केही नेताहरुको क्लब बनाए फेरि एकपटक आफूलाई कुर्ची पुरÞ्याउन सकिन्छ कि भन्ने प्रयास गरेको देखिन्छ ।

विगतमा पनि यसरी नै गरिदै आएका सत्ता केन्द्रित कम्युनिष्ट एकतालाई जनताले अस्वीकार गरिसकेका छन् । फेरि पनि एकताको नाममा वृद्धाश्रम खोलिएको छ । जनयुद्धका सहकर्मी बाबुराम भट्टराई, मोहन बैद्य, सिपी गजुरेल, रामबहादुर थापा ,नेत्रबिक्रम चन्द (विप्लव),जनार्दन शर्माहरुलाई धकेलेर भ्रष्टाचारको मुद्धा खेपिरहेका माधब नेपाललाई सारथी बनाएर प्रचण्ड कहाँ पुग्लान हेर्न बाँकि छ । जनयुद्धलाई नेपाली जनताको संघर्षको रुपमा स्वीकान नगरेका माधब, झलनाथ, भीमरावल, नारायणकाजीहरुसंग एकता गरेर घाइते वेपत्ता र महान शहीद र परिवारजनलाई अपमान गरेर प्रचण्ड कसरी शत्तिशालि बन्ला यो पनि प्रश्नै छ । प्रचण्डले हजारौं शहीदहरुको रगतवाट स्थापित पार्टीलाइ अर्कै बाटो हिडाई रहेका छन नत उनले कहिल्यै पार्टीको आयव्य देखाउँ छन । न कुनै नियुक्ति पार्टीमा छलफल गरेर गर्दछन उनमा चरम सत्तालिप्सा, परिवारवाद हावी छ । उनको जीवनशैली कम्युनिष्ट छैन सामन्तको जस्तै अत्यन्त भड्किलो छ, ।

यदी प्रचण्डले हजारौं शहीदहरुको रगतवाट स्थापित पार्टीलाई बचाई राख्न चाहन्थे भने जेन्जी आन्दोलनको भावना र चाहना अनुरुप देशभक्त, वामपन्थी, जनतान्त्रिक, र जनमुखी बाटोमा आफुलाई हिडाउने थिए । यसको बिपरित हिडे पनि प्रचण्डले जतिनै गफ दिए पनि उनी सिद्धिने निश्चित छ ।