नेपाल प्रिमियर लिग (एनपीएल)काे दोस्राे संस्करणको उद्घाटन खेलमा काठमाण्डू गाेर्खाजले साविक विजेता जनकपुर बाेल्ट्सविरुद्व पहिला फिल्डिङ गर्ने भएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डूका कप्तान करण केसीले टस जितेर फिल्डिङकाे निर्णय लिए ।
जनकपुर जितका साथ उपाधि रक्षा अभियान सुरु गर्न चाहन्छ । काठमाण्डू पनि सुखद सुरुवातकाे लक्ष्यमा छ । पहिलाे संस्कणमा जनकपुरले काठमाण्डूविरुद्व पाँच विकेटकाे जित निकालेकाे थियाे ।

















