जनेजी आन्दोलनपछि पहिलो पटक नेकपा एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको छ । यही मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन तयारीका सन्दर्भमा सचिवालय बैठक बसेको हो ।
बैठकमा महाधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गर्ने तयारी रहेको बताइएको छ ।



















