प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले व्यक्ति मात्रै बनेर देश नबन्ने बताएका छन् । आज पार्टी एकता समारोहलाई सम्बोधन गर्दै उनले बनेका देशहरू सामूहिक प्रयास र सामुदायिक प्रयासले सम्भव भएको तर्क गरे ।
परियारले नेपालका राष्ट्रिय शक्तिहरू व्यक्तिवादी चिन्तनबाट हावी भएको भन्दै सामूहिक रूपमा असफल भएको बताए । ‘जेन–जी पुस्ताको मिहिनेतले शक्तिशालीहरू शाक्तिहीन भएको अवस्था छ । योसँगै अब उत्पन्न सङ्कट मोचन गराउन आवश्यक छ,’ परियारले भने, ‘नागरिक र सरकारबीच उत्पन्न अविश्वासलाई विश्वासमा परिणत गर्नु छ । राज्यको गुमेको साख फर्काउनु छ ।’
परियारले केही समयअघि रास्वपा परित्याग गरेका थिए ।



















