सुमनराज अर्याल बने नयाँ मुख्यसचिव

सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २९औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अर्याल यसअघि रक्षा सचिव रहेका थिए ।

हालका मुख्यसचिव एकनारायण अर्यालको भोलि मध्यरातिदेखि कार्यकाल सकिने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो।