गरि खान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन भन्दै मंगलबार सिंहदरबारको गेटमा पुगेको उक्त समूहलाई प्रहरीले प्रवेश नदिएको हो ।‘हाम्रो टिम प्रधानमन्त्री कार्यालय जाँदै थियौँ, तर गेटमै प्रहरीले रोकेर फर्काएको छ । के कारणले फर्कायो हामीले पनि बुझेका छैनौँ,’उनले भने ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस जम्मा भएपछि सोहीअनुसार हटाइएको बताए ।सोमबार पनि ढुंगानाको टिम प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भन्दै सिंहदरबार पुगेको थियो । तर, प्रधानमन्त्रीसित भेट सम्भव भएको थिएन ।


















