राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने

राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो । राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यले मंसिर २३ गते काठमाडौंमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय भएको हो ।

वर्तमान सन्दर्भमा आम जनसमुदायमा राप्रपाको धारणा पुर्‍याउन देशव्यापी सभा र प्रदर्शनको आयोजना गर्ने निर्णय पनि भएको छ।