चाँदी कीर्तिमानी मूल्यमा, सुन १४ सय बढ्यो

चाँदीको मूल्यमा कीर्तिमानी कायम भएको छ । पहिलो पटक चाँदीको भाउ तोलामा ३५ सय रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३५३५ रुपैयाँ तय गरेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ३४९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

त्यस्तै सुनको भाउ तोलामा १४०० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ ।