पोखरामा एमालेले कार्यक्रम रोक्न खोजेको सुदन गुरूङको आरोप

हामी नेपालका संस्थापक सुदन गुरूङले पोखरामा हुने कार्यक्रम नेकपा एमालेले रोक्न खोजेको आरोप लगाएका छन् । पोखरामा आज सुदनलाई सम्मान गर्ने कार्यक्रम छ । यो कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको सभाहलमा गर्ने तयारी छ । उक्त कार्यक्रमअघि गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेको दाबी गरेका हुन् ।

‘पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा-बुबालाई दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौं र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ,’ उनले लेखेका छन् ।