हर्क साम्पाङको पार्टीले सार्वजनिक गर्‍यो घोषणापत्र र एजेन्डा

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो घोषणापत्र र एजेन्डा सार्वजनिक गरेको छ । अध्यक्ष साम्पाङले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

उनको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको उल्लेख छ । धरान उपमहानगरका प्रमुख समेत रहेका उनले भने, ‘जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।’

श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले स्पष्ट पारे ।