बैतडीको पाटन नगरपालिकामा स्थानीयले गरे वडा कार्यलयमा तालाबन्दी

पाटन नगरपालिका वडा नंः०३ को वडा कार्यालयमा आजदेखि अनिश्चितकालीन तालाबन्दी भएको छ। २०७९ को स्थानीय चुनावमा नेकपा (एमाले) बाट निर्वाचित वडा अध्यक्षले चुनावी प्रचारप्रसारमा ठूलाठूला वाचा गरे पनि उनले आजसम्म एउटा पनि नयाँ विकास योजना नल्याएको बरु उल्टो आफ्ना आसेपासेहरूकै पालनपोषण र भ्रष्टाचारमा लिप्त रहेको भन्दै तालावन्दी गरेका हुन ।

वडा अध्यक्ष कणाकर भट्टले स्थानीय सरकारको बजेट दुरुपयोग गरेको तथा स्थानीय कार्यक्रम र गतिविधिमा जनतालाई सहभागी नगराएको समेत आरोप छ । भट्टले चुनावमा गरेका प्रतिबद्धता पूरा नगर्ने र जनतालाई बारम्बार भ्रममा पारी “छोटे राजा“ झैँ देखिएकोले उनको व्यवहारबाट पीडित स्थानीयले बाद्य भएर तालाबन्दी गरेको जनाएका छन ।