अखिल क्रान्तिकारीले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव मनाउँदै

अनेरास्ववियु (क्रान्तिकारी)ले जेनजी महोत्सव आयोजना गर्ने भएको छ । भोलिदेखि पुस ८ गतेसम्म दुई हप्ता जेनजी महोत्सव आयोजना गर्न लागिएको हो ।
राष्ट्रियसभा गृह भृकुटी मण्डपमा बिहान ११ बजे सुरु हुने महोत्सवको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।

जेनजी महोत्सव आयोजना गर्नुको उद्देश्य युवाहरूको प्रतिभालाई उजागर गर्ने, क्षमता र योग्यतालाई सम्मान गर्ने रहेको छ ।