महाधिवेशनपछि एमाले अझै एकढिक्का भएर अघि बढ्छ : शंकर पोखरेल

नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताएका छन् । आज महाधिवेशनस्थल भृकुटिमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताएका हुन् ।

उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिष्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताएका छन् । राष्ट्रिय राजनीतिमा देखापर्ने चुनौतिहरूको सामना गर्न एमाले सक्षम रहेको उनको भनाइ छ । एमालेको नेतृत्वमा जो आएपनि राष्ट्रिय राजनीतिका चुनौतिलाई सामना गर्दै मुलुकलाई सहि बाटोमा लिएर जाने कुरामा सफलता प्राप्त गर्ने उनले बताए ।