सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

 

७ पुस, काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत छन् ।

प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिराज ढुंगाना नेतृत्वको टोलीले माइतीघरमा प्रदर्शन गर्न लागेपछि प्रहरीले अनुमति नलिई प्रदर्शन नगर्न भनेर माइकिङ गरेको छ।

ढुंगानाको समूहले अनुमति नपाएकाले प्रहरीले माइकिङ गरी अनुमति लिएर मात्रै प्रदर्शन गर्न भनेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई प्रदर्शनका लागि अनुमति दिएको छैन।