सरकारी टोलीले गर्‍यो रास्वपा पार्टी कार्यालय अनुगमन

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा भेटघाट भ्रमण गरेको छ ।

राजनीतिक भेटघाट कार्यक्रमअन्तर्गत बुधबार दिउँसो संवाद कार्यदल संयोजक तथा कानुन मन्त्री, अनिल सिन्हा, सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालसहितको टोलीले रास्वपाका नेतासँग भेटघाट गरेको हो ।

भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डीपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झालगायत नेताको उपस्थिति थियो ।

यसअघि मंगलबार टोली नेपाली कांग्रेस, नेकपा एमाले, नेकपाका नेतालाई भेट्दै चुनावमा सक्रिय सहभागी हुन आग्रह गरेको थियो । दलका नेताले सरकारी टोलीलाई निर्वाचनको माहाैल बनाउन आग्रह गरेका थिए ।