पुर्वगृहमन्त्री रमेश लेखकले साेमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । आज केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू जाँचबुझ आयोगमा बयानका लागि जाने बताएका हुन् ।
उनले भनेका छन्, भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु ।’ उनले भोलिका लागि आयोगले बोलाएको तर आफू सोमबारमात्रै जाने बताएका छन् ।



















