शंकर पोखरेलको प्रश्न– मन्त्रीबाट राजीनामा नदिई कुलमानलाई उपसभापति बनाउनु कति उचित हो ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङलाई उपसभापति बनाउने रास्वपाको निर्णयप्रति प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्–वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु-कति उचित हो? हिजो रास्वपाले घिसिङलाई उपसभापति बनाउने गरी उनी संरक्षक रहेको उज्यालो पार्टी नेपालसँग एकता गर्ने सहमति गरेको थियो ।