राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट डा.अरनिको पाँडेले नाम फिर्ता लिएको घोषणा गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत पाँडेले नाम फिर्ता लिएको घोषणा गरेका हुन् । पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी आइतबार बसेको केन्द्रीय समिति बैठकमा नाम फिर्ता लिने निर्णय सुनाएको बताएका छन् ।
पाँडेसँगै रास्वपाले बुझाएको बन्दसूचीबाट नाम फिर्ता लिनेको सङ्ख्या ६ पुगेको छ । यसअघि गायिका त्रिशाला गुरुङ, अभिनेता आसिफ शाह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, पर्वतारोही टासी शेर्पा र अभियन्ता डा.महेन्द्र लावतीले नाम फिर्ता लिएको घोषणा गरेका थिए ।



















