एमालेकाे चुनावी कमान्डर बादल

नेकपा (एमाले)काे चुनावी कमान्डर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ताेकिएका छन् । आज बसेकाे सचिवालय बैठकले बादललाई चुनाव परिचालक कमिटीकाे संयाेजक बनाउने निर्णय गरेकाे उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार उक्त समितिमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मतकुमार कार्की, विष्णु रिमाल, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन् ।