फेरिचे हेलिकाेप्टर घटना छानबिन गर्न पाँचसदस्यीय समिति गठन

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकाेप्टर जुधेको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँचसदस्यीय समिति गठन गरेको छ । प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो । समितिलाई घटनाको प्राविधिक तथा अन्य पक्षबारे अध्ययन गरी छानबिन गर्ने जिम्मेवारी दिइएको छ ।

मंगलबार फेरिचेमा एयर डाइनेस्टी र फिस्टेल एयरको हेलिकाेप्टर एकापसमा ठोक्किएका थिए । घटनामा एक जनाको मृत्यु भएको थियो । दुई पाइलट र एक यात्रु घाइते भएका थिए ।